। नेकपा एमालेका सांसद ऐनबहादुर महरले तत्काल पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्दै तत्काल ओली र लेखकलाई बिना शर्त रिहाइको माग गरेका हुन् ।
उनले सरकारले गैरकानुनी र गैरन्यायीक ढङ्गले पक्राउ पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको आरोप लगाए ।
लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान नहुने भन्दै सांसद महरले विधि शासनको स्थापना गर्नका निमित्त सबैलाई समान खालको व्यवहार हुनुपर्ने बताए ।
त्यस्तै उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरे ।