। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले फरक–फरक बिचारबाट प्रतिनिधित्व गरे पनि सबै सांसदहरूको साझा उदेश्य मुलुकको समृद्धि रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हामी सबै आ–आफ्नो दलप्रति प्रतिबद्ध छौं । तर, दल भन्दा राष्ट्रियता ठूलो हो । यसलाई कसरी संरक्षण गर्न सक्छौं । यसमा सम्पूर्ण रुपले एक हुनको निम्ति नयाँ इतिहास सुरु गर्नुपर्ने छ ।’
संसद्मा आकस्मिक समयमा समेत नाम टिपाउनुपर्ने जस्तो गलत अभ्यास बदलिनुपर्ने उनले बताए । आकस्मिक समय सांसद्को विशेषाधिकार भएको उनले बताए ।
सभामुखलाई पनि उनले आफ्नो विशेषाधिकारको सही प्रयोग गर्न उनले आग्रह गरे ।
विगतका कतिपय गल्ति नदो¥याउने गरी काम गर्न उनले नवनिर्वाचित सभामुख अर्याललाई शुभकामना दिए ।
संसदले उर्लिएको आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्ने उनले सुझाए ।