मुख्य समाचार
कञ्चनपुर र बर्दियाबाट १८ वटा कृष्णसार चितवन टिकौलीमा स्थानान्तरण
कञ्चनपुर र बर्दियाबाट १८ वटा कृष्णसार चितवन टिकौलीमा स्थानान्तरण

। कञ्चनपुर र बर्दियाबाट १८ वटा कृष्णसार चितवन टिकौलीमा स्थानान्तरण गरिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयका अनुसार ६ भाले र १२ पोथी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो । कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया जिल्लाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवन टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने निर्णय वन मन्त्रालयबाट भएको हो ।

कृष्णसार लोपोन्मुख वन्यजन्तुमा सूचीकृत छ । मन्त्रालयका अनुसार २०३३ सालमा बर्दिया खैरापुरमा ९ वटामा कृष्णसार सीमित भएको थियो ।

त्यसपछि प्रभावकारी संरक्षणका कारण यसको संख्यामा उल्लेखनीय वृद्धि भएको समेत मन्त्रालयले जनाएको छ । नेपालमा कृष्णसारको संख्या वृद्धि गर्न विगतको दशकमा सदर चिडियाखाना र खैरापुर समेतबाट गरी जम्मा ४२ वटा कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा स्थानान्तरण गरिएको थियो, जसबाट संख्या वृद्धि भई हाल खैरापुर समेतमा गरी नेपालको प्राकृतिक बासस्थानमा ५ सयभन्दा बढी पुगेको समेत मन्त्रालयले जनाएको छ ।

कुनै पनि वन्यजन्तुलाई निश्चित क्षेत्रमा मात्र सीमित गर्दा वंशाणुगत, वातावरणीय र अप्रत्याशित अवस्था सिर्जना भई एकैचोटि प्रजाति नै लोप हुन सक्ने जोखिम रहने समेत मन्त्रालयको भनाइ छ ।

त्यसैले नेपाल तथा विश्वभरि विभिन्न प्रजातिलाई अन्य स्थानमा स्थानान्तरण गर्ने अभ्यास छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा छोटो अवधिमै कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि हुनु सोही अभ्यासको परिणाम भएको मन्त्रालयले जनाएको छ ।

यसै अभ्यास र आवश्यकता मध्यनजर गरी मन्त्रालयबाट गठित कार्यदलले पेस गरेको सम्भाव्यता र स्थलगत अध्ययन प्रतिवेदन सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाका आधारमा करिब २० हेक्टर क्षेत्रमा घेराबार (इन्क्लोजर) तथा न्यूनतम पूर्वाधार निर्माण गरी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ ...
। गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं ...
। अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ । विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने भएको छ । यस ...
। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेता–कार्यकर्ताहरूलाई १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, पूर्णअनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । ‘लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र ...
। कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन् । यो संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र ...