मुख्य समाचार
प्रतिनिधिसभा हलमा सभामुख र सांसदहरूलाई समान कुर्सी व्यवस्था
प्रतिनिधिसभा हलमा सभामुख र सांसदहरूलाई समान कुर्सी व्यवस्था

। प्रतिनिधिसभा हलमा सभामुख र सांसदहरूलाई समान कुर्सी व्यवस्था गरिएको छ ।

विगतमा सभामुखलाई विशेष किसिमको कुर्सी थियो । यसपटक पनि सभामुखको निर्वाचन हुनु अगाडि सभामुख र सांसद्का लागि फरक–फरक किसिमका कुर्सी राखिएका थिए ।

सभामुखमा डोलप्रसाद अर्याल आएसँगै सभामुख र सांसदहरूलाई समान कुर्सीको व्यवस्था गरिएको हो ।

‘सम्माननीय सभामुखले समान कुर्सीको व्यवस्थाका लागि आग्रह गर्नुभएपछि कलर मात्रै फरक गरेर सभामुख र सांसदहरूका लागि समान कुर्सीको व्यवस्था गरिएको हो,’ संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले दुई वटा फरक–फरक समिति बनाएको छ ।

२१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरेन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मीनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य रहेका छन् ।

यसैगरी, सोमबारको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावलीको मस्यौदा समिति पनि गठन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय समिति गठन भएको हो ।

समिति सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुश्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, रेखाकुमारी यादव, यज्ञमणि न्यौपाने र सुलभ खरेल रहेका छन् । समितिको कार्यअवधि १४ दिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ ...
। गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं ...
। अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ । विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने भएको छ । यस ...
। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेता–कार्यकर्ताहरूलाई १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, पूर्णअनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । ‘लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र ...
। कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन् । यो संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र ...