मुख्य समाचार
हप्तामा दुई दिन बिदाले शैक्षिक क्यालेण्डर बिग्रनसक्छ
हप्तामा दुई दिन बिदाले शैक्षिक क्यालेण्डर बिग्रनसक्छ

। पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले शैक्षिक क्यालेण्डर बिग्रन सक्ने चिन्ता व्यक्त भएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)का उपाध्यक्ष विष्णु पराजुलीले शनिबार र आइतबार बिदा दिँदा वर्षभरिको कुल बिदा १०४ दिन पुग्ने र त्यसमा अन्य धार्मिक तथा सांस्कृतिक बिदाहरू थपिँदा कार्यदिनभन्दा बिदाको दिन धेरै हुँदा नेपाल सरकारले निर्दिष्ट गरेको विस्तृत पाठ्यक्रम निर्धारित समयमा पूरा नहुने चिन्ता व्यक्त गरेका हुन् ।

‘नेपालको पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको र विस्तृत छ । एकातिर कार्यदिन घटाउने र अर्कोतिर शैक्षिक सत्र पनि ढिलो शुरु गर्ने हो भने हामीले शिक्षामा राखेको लक्ष्य प्राप्त हुन सक्दैन, अहिलेको युवा नेतृत्वको सरकारले पेट्रोलियम आपूर्ति सहज हुनेबित्तिकै यो निर्णयमा पुनर्विचार गरी हप्तामा एक दिन मात्र बिदाको व्यवस्था गर्नुपर्छ,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पराजुलीले भनेका छन् ।

शैक्षिक सत्र सुरु हुने दिन १५ दिन पर सार्ने निर्णयले पनि शैक्षिक क्यालेण्डरमा थप दबाब पर्ने उपाध्यक्ष पराजुलीले बताए ।‘ एकातर्फ पठन–पाठन गर्ने दिन घटेको साथै शैक्षिक सत्र सुरु हुने दिन वैशाख १ बाट १५ गते धकेल्दा थप १५ दिनको खालि (बिदा जस्तै) समयले खर्च समेत बढाउने उनको तर्क छ । संकट समाधानका लागि बिदा दिने विकल्पभन्दा पनि दीर्घकालीन समाधान खोजिनुपर्नेमा उनले जोड दिएका छन् ।

यस्तै सार्वजनिक सेवा प्रवाहका लागि निर्धारण गरिएको बिहान ९ देखि साँझ ५ बजेसम्मको समय पनि अव्यवहारिक देखिएको उनले बताए । बिहानको समयमा घरायसी काम र बालबालिकाको व्यवस्थापन गर्नुपर्ने भएकाले कर्मचारी र सेवाग्राही दुवैका लागि ९ बजे नै कार्यालय पुग्नु चुनौतीपूर्ण हुने उनले अनुमान गरे ।

‘यस निर्णयको अर्को गम्भीर पक्ष सामाजिक र आर्थिक प्रभाव रहेको छ,’ उनले भनेका छन्, ‘दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र कामकाजी अभिभावकका लागि दुई दिने बिदा बोझ बनेको छ । हप्तामा दुई दिन विद्यालय बिदा हुँदा बालबालिकामा मोबाइलको लत बढ्ने, अभिभावकको निगरानी अभावमा कुलतमा लाग्नसक्ने र सुरक्षाको जोखिम बढ्ने देखिएको छ । साथै, बालबालिकाको हेरचाहका लागि अभिभावकमध्ये एकजना घरमा बस्नुपर्दा दैनिक कमाइमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ ...
। गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं ...
। अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ । विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने भएको छ । यस ...
। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेता–कार्यकर्ताहरूलाई १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, पूर्णअनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । ‘लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र ...
। कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन् । यो संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र ...