मुख्य समाचार
मन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताए
मन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताए

। कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन् । यो संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र खडेरीजस्ता समस्याले जनजीवन र विकास प्रक्रियामा गम्भीर अवरोध सिर्जना गरेको बताइन् ।

‘जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन । यो आर्थिक, सामाजिक, मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ,’ उनmले भनिन्, ‘नेपालजस्तो न्युन कार्बन उत्सर्जन गर्ने देशले पनि जलवायु परिवर्तनका असरहरु अत्याधिक भोग्नु परिरहेको छ ।’

जलवायु प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी पेस गरिसकेको उल्लेख गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती रहेको बताइन् ।

‘हिमनदीहरु पग्लनु, असामान्य वर्षा, बाढी पहिरो तथा खडेरीजस्ता समस्याहरु दिनप्रतिदिन बढ्दै गएका छन् । यसले हाम्रो विकास यात्रा र जनजीवनमा गम्भीर प्रभाव पारिरहेको छ,’ उनले भनिन्, ‘यसकारण नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी समयमै पेश गरेको छ । अब हाम्रो प्रमुख ध्यान यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ ।’

जलवायु संकटको दिगो समाधानका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यम बीचको बलियो सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । वन तथा जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरले समेत प्रशंसा गरेको चर्चा गर्दै उनले वातावरणीय सन्तुलन कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताइन् ।

जलवायु परिवर्तनको असर कम गर्न तथा जलवायु प्रतिकार्यका लागि सरोकारवाला सबै जिम्मेवार हुन जरुरी रहेको उनको भनाइ छ ।

‘यसका लागि संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य अत्यन्तै आवश्यक छ । साथै निजी क्षेत्र, नागरिक समाज तथा सञ्चारमाध्यमहरुको सक्रिय सहभागिता बिना दिगो समाधान सम्भव देखिँदैन,’ मन्त्री चौधरीले भनिन्, ‘जलवायु परिवर्तनको सामना गर्नु हामी सबैको साझा जिम्मेवारी हो भन्ने भावना विकास गर्न आवश्यक छ ।’

नेपालले वन संरक्षण, जैविक विविधता संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्ने सवालमा महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको भन्दै उनले नेपालमा वन क्षेत्र विकास तथा संरक्षणमा भएका प्रयासहरुले अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण सन्देश दिएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ । संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ ...
। गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं ...
। अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ । विभागका अनुसार हुलाकमार्फत हुने कुरियर सेवाका लागि अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गरिने भएको छ । यस ...
। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेता–कार्यकर्ताहरूलाई १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, पूर्णअनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् । ‘लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र ...
। राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको औल्याउँदै त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाइ थियो । ‘अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेको छ । यसतर्फ सम्माननीयज्यूमार्फत म ...