मुख्य समाचार
उपस्थितिमा राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ
उपस्थितिमा राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

: राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन्।


राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीलाई अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराएका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख एवं उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंस्थित अमेरिकी दूतावासले ‘युवा परिषद् नेपाल’ (युएसवाइसी) २०२६ सत्रका लागि आवेदन आह्वान गरेको छ। दूतावासले २० देखि ३० वर्ष उमेर समूहका विद्यार्थी तथा प्रारम्भिक करिअरमा रहेका युवाहरूलाई लक्षित गर्दै आवेदन खुलाएको हो। दूतावासका अनुसार ‘स्किल, बिल्ड, लन्च’ नारासहित सञ्चालन हुने यस कार्यक्रममार्फत नेतृत्व विकास, व्यावहारिक सीप अभिवृद्धि तथा पेशागत क्षमता विकासमा जोड दिइनेछ। सहभागी युवाहरूलाई ...
: गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी–बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो ब्यक्त गरे । पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने ...
: काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले क्रिप्टो करेन्सी तथा हुण्डीको कारोबार गर्ने ४ जनालाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत हुने गरी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) समेतको प्रयोग गरी गैरकानूनी तवरले वित्तिय कारोबार गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। उनका अनुसार चितवन रत्ननगर ...
: वसन्तकालीन पर्वतारोहण सिजन सुरु भएसँगै नेपालको हिमाल पर्यटन फेरि तात्न थालेको छ। मार्च महिनामै १८ वटा आरोहण दलका ११४ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्। तीमध्ये ८७ पुरुष र २७ महिला छन्। यही अवधिमा पर्वतारोहण रोयल्टीबापत ६ करोड १३ लाख ६९ हजार २४९ रुपैयाँ राजस्व पनि संकलन भएको छ। पर्यटन विभागको ‘रोयल्टी एन्ड ...
: वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने व्यक्ति तथा एजेन्टहरूको विवरण अब सरकारले सार्वजनिक रूपमै अनलाइनमा राख्न थालेको छ। वैदेशिक रोजगार विभागले ठगी नियन्त्रण गर्ने र नयाँ युवाहरूलाई फस्नबाट जोगाउने उद्देश्यले आरोपीहरूको नामावली विभागको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्ने निर्णय गरेको हो। विभागले हालै मात्र गत मार्च महिनामा ठगी गरेको आरोप लागेका ३ सय ५२ जनाको ...