मुख्य समाचार
इजरायलले इरानको प्रमुख पेट्रोकेमिकल केन्द्रमा आक्रमण गरेपछि इरानले प्रस्तावित अस्थायी युद्धविराम अस्वीकार
इजरायलले इरानको प्रमुख पेट्रोकेमिकल केन्द्रमा आक्रमण गरेपछि इरानले प्रस्तावित अस्थायी युद्धविराम अस्वीकार

: इजरायलले इरानको प्रमुख पेट्रोकेमिकल केन्द्रमा आक्रमण गरेपछि इरानले प्रस्तावित अस्थायी युद्धविराम अस्वीकार गरेको छ।


पश्चिम एसियामा जारी युद्धबीच इजरायलले इरानको दक्षिण पार्स क्षेत्रस्थित महत्वपूर्ण पेट्रोकेमिकल तथा ऊर्जा संरचनामा हवाई आक्रमण गरेको हो। यो आक्रमण इरानको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण मानिने संरचनामा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

युद्ध चर्किँदै जाँदा अमेरिका, इजरायल र क्षेत्रीय मध्यस्थकर्ताहरूले अस्थायी युद्धविरामका लागि प्रस्ताव अघि सारेका थिए। तर इरानले उक्त प्रस्ताव अस्वीकार गर्दै केवल स्थायी रूपमा युद्ध अन्त्य हुने सुनिश्चितता भएमा मात्र सहमति जनाउने अडान लिएको छ।



इरानले स्पष्ट रूपमा अस्थायी युद्धविरामलाई अस्वीकार गर्दै दीर्घकालीन समाधान र आफ्नो सुरक्षा सुनिश्चित हुने ग्यारेन्टी माग गरेको बताइएको छ।

यसबीच इजरायलले इरानका ऊर्जा तथा औद्योगिक संरचनामाथि लगातार आक्रमण तीव्र बनाएको छ भने इरानले पनि मिसाइल आक्रमणमार्फत जवाफी कारबाही जारी राखेको छ।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले विज्ञप्ति जारी गरेर पेट्रोकेमिकल संरचनामाथि आक्रमण भएको बताएका छन्। उनका अनुसार आइडीएफले अहिले इरानको सबैभन्दा ठूलो पेट्रोकेमिकल सुविधा, असालुयेहस्थित केन्द्रमा शक्तिशाली आक्रमण गरेको छ। उक्त केन्द्रबाट देशको करिब आधा पेट्रोकेमिकल उत्पादन हुने गरेको थियो।

काट्जले यसलाई इरानका लागि अर्बौं डलर बराबरको ठूलो आर्थिक झट्का भएको बताएका छन्। उनका अनुसार पेट्रोकेमिकल उद्योगले रिभोल्युसनरी गार्ड्सका गतिविधि सञ्चालन तथा इरानको सैन्य शक्ति विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। इरानको अर्धसरकारी समाचार एजेन्सी तस्नीमले पनि देशका दुई पेट्रोकेमिकल कम्पनीमाथि आक्रमण भएको पुष्टि गरेको छ। इरानको साउथ पार्स ग्यास क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रमध्ये एक मानिन्छ।

फार्स समाचार एजेन्सीका अनुसार आक्रमणका कारण आगलागी भएको थियो, जसलाई प्रारम्भिक केही मिनेटमै नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...