मुख्य समाचार
ट्रम्पले ‘इरानलाई एकै रातमा ध्वस्त’ पार्ने धम्की दिएपछि युद्ध थप चर्किने संकेत
ट्रम्पले ‘इरानलाई एकै रातमा ध्वस्त’ पार्ने धम्की दिएपछि युद्ध थप चर्किने संकेत

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इरानलाई एकै रातमा ध्वस्त’ पार्ने धम्की दिएपछि युद्ध थप चर्किने संकेत बढेको छ । ट्रम्पले भनेका छन्, यदि इरानले आफूले दिएको समय सीमाभित्र अमेरिकासँग सम्झौता गर्न सकेन भने कारबाही ‘मंगलबार राति पनि हुन सक्छ ।’ ट्रम्पको प्रस्तावअनुसार इरानले होर्मुज जलडमरू खोल्नु पर्नेछ, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने गर्छ ।


यो समय सीमा वाशिङ्टन डीसी समय अनुसार मंगलबार राति ८ बजे सकिँदैछ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले इरानका वर्तमान नेताहरू ‘राम्रो नियत’ का साथ वार्तामा रहेको विश्वास रहेको तर, नतिजा अझै अनिश्चित छ रहेको बताएका छन् ।

यसबीच, इरानले अस्थायी युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ । यसको सट्टा उसले द्वन्द्व स्थायी रूपमा अन्त्य गर्न र प्रतिबन्ध हटाउन माग गरेको छ ।
ट्रम्पले समय सीमा नाघेपछि इरानलाई ‘पाषाण युग’ मा फर्काइने चेतावनी दिएका छन् । उनले भने, ‘त्यहाँ कुनै पुल रहने छैन, कुनै विद्युत् उत्पादन केन्द्र रहने छैन ।’

नाम नखुलाउने शर्तमा ती अधिकारीले सञ्चार प्रणाली प्रभावित रहेका कारण इरानसँग सन्देश आदानप्रदान गर्न गाह्रो भइरहेको बताएका छन् । यसैबीच इरानले संयुक्त राष्ट्रलाई एक पत्र लेख्दै अमेरिकाले इरानमा भएका शान्तिपूर्ण प्रदर्शनहरूलाई हिंसा, आन्तरिक अशान्ति र रक्तपातमा बदल्ने प्रयास गरेको आरोप लगाएको छ । इरानका समाचार एजेन्सीहरूले उक्त पत्रको पाठ फारसी भाषामा प्रकाशित गरेका छन् ।

संयुक्त राष्ट्रमा इरानका राजदूत अरिम सइद इरवानीले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेशलाई लेखेको पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बयानहरूको उल्लेख गरेका छन् । इरानले पत्रमा लेखेको छ, ‘यो स्वीकारोक्तिले इरानको त्यो दाबीलाई बलियो बनाउँछ, जसमा भनिएको थियो कि अमेरिकाले शान्तिपूर्ण प्रदर्शनहरूलाई हिंसा, आन्तरिक अशान्ति र रक्तपातमा बदल्ने प्रयास गरेको थियो ।’ अझै लेखिएको छ, ‘साधारण नागरिक, सर्वसाधारण र सरकारी संस्थाहरूलाई भएको क्षतिको लागि अमेरिका पूर्ण रूपमा जिम्मेवार छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेनेजुयलामा गएको विनासकारी भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पका कारण तीन हजार ३६० जना मानिसहरू घाइते भएका छन् । गत बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुयलामा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । दोस्रो भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो । जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक ...
होर्मुज स्ट्रेट नजिकै एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँ फसेका ११ हजारभन्दा बढी नाविकहरूको उद्धार अभियानलाई अस्थायी रूपमा रोकेको छ। अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका प्रमुख आर्सेनियो डोमिन्गुएजले धेरै जहाजहरूलाई सुरक्षित रूपमा निकालिसकिएको भए पनि बाँकी रहेकाहरूको उद्धार अघि सबै आवश्यक सुरक्षा प्रबन्धहरू सुनिश्चित गर्न संगठनले यो कदम चालेको बताएका छन्। बेलायतको सामुद्रिक सुरक्षा एजेन्सी ‘यूके म्यारिटाइम ...
: चरम गर्मीका कारण फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक स्थानमा मदिरा सेवन र मदिरा बिक्रीमा अस्थायी प्रतिबन्ध लगाइएको छ। प्रशासनले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाएको जानकारी गराएको हो। जारी सूचनाअनुसार शुक्रबार दिउँसो १२ बजेदेखि शनिबार बिहान ७ बजेसम्म, शनिबार दिउँसो १२ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सार्वजनिक स्थानमा मदिरा सेवन ...
: भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरको भेटी चोरी प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर भएको छ। भेटी चोरीसम्बन्धी एसआईटीको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री योगी आदित्यनाथलाई बुझाएपछि उनीहरूविरुद्ध मुद्दा दायर भएको हो। अयोध्याका एसएसपी गौरव ग्रोभरका अनुसार राम मन्दिरको दान बाकसबाट नगद र बहुमूल्य सामान चोरी भएको आरोपमा आठजनाविरुद्ध मुद्दा दर्ता भएको हो। उनीहरूमाथि अनुसन्धान सकिएलगत्तै अदालतमा पेश गरिने ...
— उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ । कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ...