मुख्य समाचार
ट्रम्पले इरानलाई एकै रातमा ध्वस्त पार्न सकिने धम्की दिएका छन्
ट्रम्पले इरानलाई एकै रातमा ध्वस्त पार्न सकिने धम्की दिएका छन्

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा ध्वस्त पार्न सकिने धम्की दिएका छन्। उनले अमेरिकासँगको सम्झौतामा ढिलाइ नगर्न चेतावनी समेत दिएका हुन्। ट्रम्पले यदि इरानले दिएको समयसीमा भन्दा पहिले अमेरिकासँग सम्झौता गर्न असफल भयो भने आक्रमण मंगलबार राति पनि हुनसक्ने चेतावनी दिएका छन्।


ट्रम्पको सम्झौता अनुसार इरानले विश्वको २०% तेल आपूर्ति ढुवानी गर्ने होर्मुजको जलडमरूम खोल्नुपर्नेछ। ट्रम्पको समयसीमा मंगलबार वाशिंगटन डीसीको समय अनुसार बेलुका ८ बजे (बुधबार भारतीय समय अनुसार बिहान ५:३० बजे) समाप्त हुँदैछ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले इरानका वर्तमान नेताहरूले 'सद्भावना' का साथ वार्ता गरिरहेका छन् भन्ने विश्वास गरे पनि नतिजा अनिश्चित रहेको बताएका छन् ।


यसैबीच,इरानले अस्थायी युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ। बरु द्वन्द्वको स्थायी अन्त्य र प्रतिबन्ध हटाउन माग गरेको छ।

गत हप्ता मात्र,अमेरिकी सुरक्षा बलले दक्षिणी इरानमा खसालिएको F-१५ लडाकु विमानका दुई चालक दलका सदस्यहरूलाई सफलतापूर्वक उद्धार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...