मुख्य समाचार
काठमाडौंस्थित अमेरिकी दूतावासले ‘युवा परिषद् नेपाल’ (युएसवाइसी) २०२६ सत्रका लागि आवेदन आह्वान
काठमाडौंस्थित अमेरिकी दूतावासले ‘युवा परिषद् नेपाल’ (युएसवाइसी) २०२६ सत्रका लागि आवेदन आह्वान

: काठमाडौंस्थित अमेरिकी दूतावासले ‘युवा परिषद् नेपाल’ (युएसवाइसी) २०२६ सत्रका लागि आवेदन आह्वान गरेको छ। दूतावासले २० देखि ३० वर्ष उमेर समूहका विद्यार्थी तथा प्रारम्भिक करिअरमा रहेका युवाहरूलाई लक्षित गर्दै आवेदन खुलाएको हो।


दूतावासका अनुसार ‘स्किल, बिल्ड, लन्च’ नारासहित सञ्चालन हुने यस कार्यक्रममार्फत नेतृत्व विकास, व्यावहारिक सीप अभिवृद्धि तथा पेशागत क्षमता विकासमा जोड दिइनेछ। सहभागी युवाहरूलाई व्यवसायिक सञ्चार, डिजिटल मार्केटिङ तथा व्यक्तिगत ब्रान्डिङ, रोजगारी खोज रणनीति, लिंक्डइन अप्टिमाइजेसन र एआई सहयोगमा बायोडाटा निर्माणजस्ता सीपहरूमा तालिम प्रदान गरिनेछ।

विगत १४ वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत नेपालभरका ७०० भन्दा बढी युवाहरू लाभान्वित भइसकेका छन्। कार्यक्रमले युवाहरूलाई समुदायमा सकारात्मक योगदान दिन, पेशागत नेटवर्क विस्तार गर्न तथा उद्योग क्षेत्रका विज्ञहरूसँग सहकार्य गर्ने अवसर प्रदान गर्ने दूतावासले जनाएको छ। आवेदन दिने अन्तिम म्याद २०२६ मे ५ तोकिएको छ। इच्छुकहरूले युएसवाईसीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी–बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो ब्यक्त गरे । पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने ...
: काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले क्रिप्टो करेन्सी तथा हुण्डीको कारोबार गर्ने ४ जनालाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत हुने गरी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) समेतको प्रयोग गरी गैरकानूनी तवरले वित्तिय कारोबार गरेको अभियोगमा ४ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। उनका अनुसार चितवन रत्ननगर ...
: वसन्तकालीन पर्वतारोहण सिजन सुरु भएसँगै नेपालको हिमाल पर्यटन फेरि तात्न थालेको छ। मार्च महिनामै १८ वटा आरोहण दलका ११४ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्। तीमध्ये ८७ पुरुष र २७ महिला छन्। यही अवधिमा पर्वतारोहण रोयल्टीबापत ६ करोड १३ लाख ६९ हजार २४९ रुपैयाँ राजस्व पनि संकलन भएको छ। पर्यटन विभागको ‘रोयल्टी एन्ड ...
: वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने व्यक्ति तथा एजेन्टहरूको विवरण अब सरकारले सार्वजनिक रूपमै अनलाइनमा राख्न थालेको छ। वैदेशिक रोजगार विभागले ठगी नियन्त्रण गर्ने र नयाँ युवाहरूलाई फस्नबाट जोगाउने उद्देश्यले आरोपीहरूको नामावली विभागको आधिकारिक वेबसाइटमा सार्वजनिक गर्ने निर्णय गरेको हो। विभागले हालै मात्र गत मार्च महिनामा ठगी गरेको आरोप लागेका ३ सय ५२ जनाको ...
: अर्थ मन्त्रालयले सरकारी पदाधिकारी तथा कर्मचारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटका कारण अर्थतन्त्रमा परेको दबाब कम गर्न उक्त निर्णय स्वीकृत गरेका हुन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, आपूर्तिमा आएको कमी तथा चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै ...