मुख्य समाचार
प्रहरीले मटिहानीबाट एक करोड तीस लाख विगो रकम रहेका बैंकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादीलाई पक्राउ
प्रहरीले मटिहानीबाट एक करोड तीस लाख विगो रकम रहेका बैंकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादीलाई पक्राउ

: प्रहरीले मटिहानीबाट एक करोड तीस लाख विगो रकम रहेका बैंकिङ्ग कसुर मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । प्रहरीको टोलीले १ करोड ३० लाख रकम बराबरको बैंकिङ्ग कसुर मुद्दामा मटिहानी नगरपालिका ७ का जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको हो ।

दिपेन्द्र ठाकुरको जाहेरीले बैष्णवलाई सोे विगो रकम कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सो बैंकिङ्ग कसुर मुद्दा दर्ता भए लगतै वैष्णव फरार रहेकोमा उनलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । पक्राउ परिएको वैष्णवलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाईएको प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तीन दशकअघि भएको एक हत्यामा दोषी ठहर भएका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । भीरकोट नगरपालिका–२ का ६३ वर्षीय हेमबहादुर केसी (जोगी)लाई प्रहरीले फरार भएको २९ वर्षपछि बुधबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार २०५३ साल कात्तिक ३ गते तत्कालीन वालिङ गाविस–३ सिद्धार्थ राजमार्ग क्षेत्रमा सोही गाविस–६ का रनबहादुर सारुको हत्या ...
। सरकारले प्लास्टिक झोलाको अनियन्त्रित प्रयोग रोक्न र वातावरण संरक्षण प्रभावकारी बनाउन ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०८२’ जारी गरेको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको यस निर्देशिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, आयात, भण्डारण, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । कानुन, ...
। प्रधानमन्त्री बालेन शाहले नेपालले नेपालस्थित विदेशी राजदूत र कूटनीतिक नियोगकमा प्रमुखहरूलाई सरकारको प्राथमकिताबारे जानकारी दिएका छन् । सन्तुलित र व्यावहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने उल्लेख गर्दे १२ वटा सन्देश स्पष्ट रूपमा देखिएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रूपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर ...
। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । उनले आगामी शुक्रबार दिउँसो ३ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् । निर्वाचन पछाडिको संसद्को पहिलो अधिवेशनलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।
। आर्थिक कठिनाइविना सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमले १० वर्ष पूरा गरेको छ । तर यो दशकको अवधिमा यो कार्यक्रमले लक्षित सबै नागरिकलाई समेट्न सकेको छैन, भने स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्थापना गर्ने लक्ष्य अझै अधुरै छ । नागरिकलाई उपचार खर्चबाट राहत दिन सुरु गरिएको कार्यक्रममै नवीकरण दर ...