मुख्य समाचार
वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा
वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले दाहाललाई विभिन्न विभिन्न सप्लार्स कम्पनी तथा ठेकेदारको बिल भुक्तानीका क्रममा घुस लिएको पुष्टि हुन आएपछि आज विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर गरेको हो। उनीविरुद्ध ९३ हजार ८५० रुपैयाँ विगो माग गरिएको छ।

अख्तियारको टोलीले उनलाई केही दिनअघि १ लाख २० हजार ८५० रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा घुस लिएको पुष्टि हुन आएपछि दाहालविरुद्ध आरोप पत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर अनलाइन जुवा खेलाउने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन जुवा खेलाएको आरोपमा ९ जना पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक चेत यादव, आशिष शर्मा, रौनक सिंह र नेपाली नागरिक पूर्वी नवलपरासीका सुजन दुवाडी, तनहुँका निरोज राना, कास्कीका आशिष ...
। काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ झम्सिखेल सडकमा एक व्यक्तिमाथि हातपात गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । एक व्यक्तिमाथि युवाहरूको समूहले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोको आधारमा प्रहरीले उनीहरूको पहिचान गरी पक्राउ गरेको हो । यो समूहले मंगलबार दिउँसो पौने २ बजेको समयमा ती व्यक्तिमाथि हातपात गरेको थियो । पक्राउ पर्ने चारै ...
। करिब २ लाख जनसंख्या रहेको धरान उपमहानगरपालिकामा नगर अस्पताल छैन । सामान्य उपचारका लागि पनि नगरवासीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउनुपर्ने बाध्यता छ । दैनिक ४ हजार बिरामी उपचारका लागि आउने यो अस्पतालमा समान्य सेवा लिन पनि दिनभर लाइन लाग्नुपर्ने अवस्था छ । स्वास्थ्य बीमा गरेका सर्वसाधारणको हकमा बीपी प्रतिष्ठानले नै प्रथम विन्दुको सेवा ...
। अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थलमा थप कागजात देखाउनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले २९ चैतदेखि लागु हुने गरी हवाई टिकट र त्यसको बिल तथा रसिद र म्यानपावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको हो । विभागले गन्तव्य मुलुकसम्मको हवाई टिकट र सोही टिकटको बिल/रसिद (संस्थागत र व्यक्तिगत दुवै) अनिवार्य साथमा राख्नुपर्ने ...
। तीन दशकअघि भएको एक हत्यामा दोषी ठहर भएका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । भीरकोट नगरपालिका–२ का ६३ वर्षीय हेमबहादुर केसी (जोगी)लाई प्रहरीले फरार भएको २९ वर्षपछि बुधबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार २०५३ साल कात्तिक ३ गते तत्कालीन वालिङ गाविस–३ सिद्धार्थ राजमार्ग क्षेत्रमा सोही गाविस–६ का रनबहादुर सारुको हत्या ...