मुख्य समाचार
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते निर्वाचन हुने
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते निर्वाचन हुने

: प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति तोकेका हुन् ।

साथै उनले उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए । उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ता हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत्र २७ गते शुक्रबार अपरान्ह ४ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ झम्सिखेल सडकमा एक व्यक्तिमाथि हातपात गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । एक व्यक्तिमाथि युवाहरूको समूहले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोको आधारमा प्रहरीले उनीहरूको पहिचान गरी पक्राउ गरेको हो । यो समूहले मंगलबार दिउँसो पौने २ बजेको समयमा ती व्यक्तिमाथि हातपात गरेको थियो । पक्राउ पर्ने चारै ...
। करिब २ लाख जनसंख्या रहेको धरान उपमहानगरपालिकामा नगर अस्पताल छैन । सामान्य उपचारका लागि पनि नगरवासीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउनुपर्ने बाध्यता छ । दैनिक ४ हजार बिरामी उपचारका लागि आउने यो अस्पतालमा समान्य सेवा लिन पनि दिनभर लाइन लाग्नुपर्ने अवस्था छ । स्वास्थ्य बीमा गरेका सर्वसाधारणको हकमा बीपी प्रतिष्ठानले नै प्रथम विन्दुको सेवा ...
। अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले विमानस्थलमा थप कागजात देखाउनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले २९ चैतदेखि लागु हुने गरी हवाई टिकट र त्यसको बिल तथा रसिद र म्यानपावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको हो । विभागले गन्तव्य मुलुकसम्मको हवाई टिकट र सोही टिकटको बिल/रसिद (संस्थागत र व्यक्तिगत दुवै) अनिवार्य साथमा राख्नुपर्ने ...
। तीन दशकअघि भएको एक हत्यामा दोषी ठहर भएका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । भीरकोट नगरपालिका–२ का ६३ वर्षीय हेमबहादुर केसी (जोगी)लाई प्रहरीले फरार भएको २९ वर्षपछि बुधबार पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार २०५३ साल कात्तिक ३ गते तत्कालीन वालिङ गाविस–३ सिद्धार्थ राजमार्ग क्षेत्रमा सोही गाविस–६ का रनबहादुर सारुको हत्या ...
। सरकारले प्लास्टिक झोलाको अनियन्त्रित प्रयोग रोक्न र वातावरण संरक्षण प्रभावकारी बनाउन ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०८२’ जारी गरेको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको यस निर्देशिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला उत्पादन, आयात, भण्डारण, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । कानुन, ...