मुख्य समाचार
पक्राउ पर्नासाथ अभियुक्त सार्वजनिक गर्ने कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट
पक्राउ पर्नासाथ अभियुक्त सार्वजनिक गर्ने कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट

: पक्राउ पर्नासाथ अभियुक्त सार्वजनिक गर्ने कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई अदालतबाट दोषी ठहर नहुँदै सार्वजनिक गर्ने र दबाबमा पारी बयान लिने कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो।

अधिवक्ता कुमार थपलियाले परमादेशसहित आवश्यक आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृहमन्त्रालय,प्रहरी प्रधान कार्यालय,महान्यायाधिवक्ताको कार्यालय र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयलाई रिटमा विपक्षी बनाइएको छ।

पक्राउ गरिएका कुनै पनि अभियुक्तको नाम,थर,फोटो ,भिडियो वा पहिचान पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालमार्फत् सार्वजनिक नगर्न -नगराउन आदेश माग गरिएको छ। पक्राउ पर्नासाथ सार्वजनिकीकरण,जबरजस्ती बयान लिने र सोही बयानलाई अभियोजनको मुख्य आधार मान्ने प्रवृत्तिले न्याय प्रणालीमा गम्भीर विकृति बढ्दै गएको दावी गरिएको छ।



पक्राउदेखि अदालत पेशीसम्म र हिरासतमा रहेका सबै अभियुक्तहरूको मानसिक अवस्थाको प्रारम्भिक मूल्याङन गरी आवश्यक परामर्श दिने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ। साथै रिटमा प्रत्येक हप्ता हिरासतमा थुनुवाहरूको लागि मनोसामाजिक परामर्श कक्ष सञ्चालन गर्ने,आवश्यकता अनुसार व्यक्तिगत रुपमा त्यस्तो परामर्शको व्यवस्था मिलाउन परमादेश आदेश माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको वैठले पूर्व उपसभापति खड्कालाई सात दिने स्पष्टीकरण सोधेको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । आज पार्टी केन्द्रीय कार्यालय सानेपाको बीपी स्मृति भवनमा बसेको अनुशासन समितिको वैठकले यस्तो निर्णय गरेको हो । अनुशासन समितिले खड्काले ...
: सरकारले गत भदौ २३ र २४ गते भएको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले ...
: सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुलाएको छ । सरकारले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जनाएको छ । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति ...
: सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग बनाउने निर्णय गरेको हो। २०६२/६३ देखि हालसम्मको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग ...
: प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन वैशाख ४ गते हुँदैछ। ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना ...