मुख्य समाचार
इरानद्वारा युद्धविरामका लागि १० बुँदे प्रस्ताव
इरानद्वारा युद्धविरामका लागि १० बुँदे प्रस्ताव

: इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि १० बुँदे सर्तसहितको कार्ययोजना अघि सारेको छ।

आगामी अप्रिल १० मा पाकिस्तानको इस्लामावादमा हुने वार्ताका लागि इरानले १० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो। इरानले अघि सारेका प्रस्तावहरूले मध्यपूर्वी क्षेत्रको राजनीति र विश्व अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने देखिएको छ।

इरानले अघि सारेका मुख्य सर्तहरूमा सबै भन्दापहिलो बुँदामा इराक, लेबनान र यमनमा भइरहेको युद्ध पूर्ण रूपमा बन्द हुनुपर्ने उल्लेख छ। त्यसैगरी



इरानी सशस्त्र बलको समन्वयमा 'स्ट्रेट अफ हर्मुज'बाट हुने पारवहनलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गरिएकाे छ ।
यसका साथै इरानले युद्ध रोक्नका लागि इरान समर्थित 'एक्सिस अफ रेसिस्टेन्स' का सबै पक्षहरू विरुद्ध जारी युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने,यस क्षेत्रका सबै सैन्य आधार शिविर र परिचालन केन्द्रहरूबाट अमेरिकी लडाकु दस्ताहरू फिर्ता हुनुपर्ने,होर्मुजजलसन्धिमा इरानको प्रभुत्व कायम रहने गरी सहमति बमोजिमको नयाँ सुरक्षित पारवहन प्रोटोकल स्थापना गरिनुपर्ने प्रस्ताव अघि सारिएकाे छ ।

त्यस्तै इरानले आर्थिक पक्षलाई पनि उत्तिकै प्राथमिकता दिएकाे छ। यसका लागि इरानले युद्धका कारण भएको विनाशको पुनर्निर्माणका लागि पूर्ण क्षतिपूर्तिको माग गरेको छ। साथै, इरानमाथि लगाइएका सबै प्राथमिक तथा माध्यमिक प्रतिबन्धहरू, साथै सुरक्षा परिषद र आईएईएको बोर्ड अफ गभर्नर्सका सबै प्रस्तावहरू खारेज हुनुपर्ने, विदेशमा रोक्का गरिएका इरानका सबै चल-अचल सम्पत्ति र कोषहरू तुरुन्त फुकुवा गरिनुपर्ने,यी सबै विषयहरूलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदबाट बाध्यात्मक प्रस्ताव पारित गरी अनुमोदन गरिनुपर्ने अडान राखेको छ।

यी सर्तहरू पूरा भएमा मात्र इरानले रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज जलमार्ग पुनः खोल्ने र त्यहाँ जहाजहरूको आवतजावतको सुरक्षा सुनिश्चित गर्नका लागि नयाँ प्रोटोकल बनाउन सहमत हुने जनाएको छ। यो १० बुँदे योजनामा उल्लेखित सबै सर्तहरू अनुमोदन हुनेबित्तिकै सबै मोर्चाहरूमा तत्काल युद्धविराम लागू हुने इरानको दाबी छ। इस्लामावादमा हुने वार्तामा यी सर्तहरूमाथि विस्तृत छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...