मुख्य समाचार
इरानद्वारा युद्धविरामका लागि १० बुँदे प्रस्ताव
इरानद्वारा युद्धविरामका लागि १० बुँदे प्रस्ताव

: इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि १० बुँदे सर्तसहितको कार्ययोजना अघि सारेको छ।

आगामी अप्रिल १० मा पाकिस्तानको इस्लामावादमा हुने वार्ताका लागि इरानले १० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो। इरानले अघि सारेका प्रस्तावहरूले मध्यपूर्वी क्षेत्रको राजनीति र विश्व अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने देखिएको छ।

इरानले अघि सारेका मुख्य सर्तहरूमा सबै भन्दापहिलो बुँदामा इराक, लेबनान र यमनमा भइरहेको युद्ध पूर्ण रूपमा बन्द हुनुपर्ने उल्लेख छ। त्यसैगरी



इरानी सशस्त्र बलको समन्वयमा 'स्ट्रेट अफ हर्मुज'बाट हुने पारवहनलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गरिएकाे छ ।
यसका साथै इरानले युद्ध रोक्नका लागि इरान समर्थित 'एक्सिस अफ रेसिस्टेन्स' का सबै पक्षहरू विरुद्ध जारी युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने,यस क्षेत्रका सबै सैन्य आधार शिविर र परिचालन केन्द्रहरूबाट अमेरिकी लडाकु दस्ताहरू फिर्ता हुनुपर्ने,होर्मुजजलसन्धिमा इरानको प्रभुत्व कायम रहने गरी सहमति बमोजिमको नयाँ सुरक्षित पारवहन प्रोटोकल स्थापना गरिनुपर्ने प्रस्ताव अघि सारिएकाे छ ।

त्यस्तै इरानले आर्थिक पक्षलाई पनि उत्तिकै प्राथमिकता दिएकाे छ। यसका लागि इरानले युद्धका कारण भएको विनाशको पुनर्निर्माणका लागि पूर्ण क्षतिपूर्तिको माग गरेको छ। साथै, इरानमाथि लगाइएका सबै प्राथमिक तथा माध्यमिक प्रतिबन्धहरू, साथै सुरक्षा परिषद र आईएईएको बोर्ड अफ गभर्नर्सका सबै प्रस्तावहरू खारेज हुनुपर्ने, विदेशमा रोक्का गरिएका इरानका सबै चल-अचल सम्पत्ति र कोषहरू तुरुन्त फुकुवा गरिनुपर्ने,यी सबै विषयहरूलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदबाट बाध्यात्मक प्रस्ताव पारित गरी अनुमोदन गरिनुपर्ने अडान राखेको छ।

यी सर्तहरू पूरा भएमा मात्र इरानले रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज जलमार्ग पुनः खोल्ने र त्यहाँ जहाजहरूको आवतजावतको सुरक्षा सुनिश्चित गर्नका लागि नयाँ प्रोटोकल बनाउन सहमत हुने जनाएको छ। यो १० बुँदे योजनामा उल्लेखित सबै सर्तहरू अनुमोदन हुनेबित्तिकै सबै मोर्चाहरूमा तत्काल युद्धविराम लागू हुने इरानको दाबी छ। इस्लामावादमा हुने वार्तामा यी सर्तहरूमाथि विस्तृत छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको छ । आइतबार उडानका क्रममा पावर बैंकबाट आगलागी सुरु भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो । इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए। ...
इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब वा आक्रमणबाट त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुखले बताएका छन् । संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्ति उसको लाचारीको प्रमाण ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्। उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए। उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व ...
जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो । आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न चाहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको अवसर गुमाइरहेको आरोप लगाए । ट्रम्पले शुक्रबार अमेरिकाले अब रुसबाट डिजेल खरिद गर्ने बताएलगत्तै उनको यो भनाइ आएको हो। जेलेन्स्कीले यस निर्णयको विरोध गरेका छन्। ...