मुख्य समाचार
सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारका कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण
सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारका कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारका कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद मियाँले सडक दुर्घटनामा बर्षेनि हजारौ नागरकको ज्यान जाने गरेको भन्दै तत्काल सडक सुरक्षाका लागि आवश्यक सुधार कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले जलेश्वर बर्दिबास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एसइइ परीक्षा दिएर उज्ज्वल भविष्यको सपना बोकेर घर फर्कदै गरेका तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन् । आगामी दिनमा यस्ता घटना दोहरिन नदिन जोखिमयुक्त सडक खण्डमा गति नियन्त्रण सूचना, सडकको समयमा नै मर्मत सम्भार लगायतमा विशेष ध्यान दिनुपर्ने उनले बताइन् ।



उनले ट्राफिक नियमको कडा कार्यान्वयन, युवा तथा विद्यार्थी सचेतना कार्यक्रमका साथै विद्यालयस्तरमै सडक सुरक्षासम्बन्धी अनिवार्य सचेतना अभियान सञ्चालन गर्न माग समेत गरिन् । आपतकालीन उद्धार प्रणाली सुधार, दुर्घटना भएलगत्तै उद्धार र तत्कालै उपचारका लागि छिटो स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले गम्भीर भएर समयमा नै सुधार गर्न नसकिए यस्ता घटनाहरु दोहरिरहने भएकाले सवै जिम्मेवार बन्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित साना आठ दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् । जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खुम्बुवान राष्ट्रिय मोर्चाले ‘अग्रगामी मोर्चा’ गठन गरेका हुन् । नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित ...
। खोटाङमा जंगलमा रोकेर राखेको ट्रकमा एक हजार ३१५ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार उक्त गाँजा फेला पारेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गमा जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको ट्रकमा जाँच गर्दा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले ...
। खोटाङमा जंगलमा रोकेर राखेको ट्रकमा एक हजार ३१५ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार उक्त गाँजा फेला पारेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गमा जंगलमा शंकास्पद अवस्थामा रोकेर राखेको ट्रकमा जाँच गर्दा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् । कांग्रेस नेता डा. प्रकाशशरण महतले पूर्वसभापति देउवा नेपाल फर्किने समय परिवर्तन भएको जानकारी दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् । कांग्रेस संस्थापन ...
। मधेश प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार शुक्रबारसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास निर्देशनालयका बागबानी ...