मुख्य समाचार
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

: भोजपुर, षडानन्द नगरपालिका–१३ बस्ने २४ वर्षीय सम्मरबहादुर तामाङको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बुधबार विहान पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्र कुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जी रहेका छन् ।

उनीहरूले कुटपिट गर्दा तामाङको मंगलबार राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बोयाँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालका उच्च पदस्थ व्यक्तिले भ्रष्टाचार गरेको रकम भए फिर्ता ल्याउन पहल गरिदिन नेपालका लागि स्वीस राजदूतलाई अनुरोध गरेका छन् । आज गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री गुरुङले राजदूत डेनियल मैवलीलाई यस्तो अनुरोध गरेका हुन् । उनले भ्रष्टाचारसँगै अन्य कसुरबाट अवैध रुपमा आर्जन गरेको रकम स्वीस बैङ्कमा जम्मा गरे/नगरेको विषयमा अनुसन्धानका ...
। कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । षडानन्द नगरपालिका–१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार षडानन्द नगरपालिका–१३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा ...
। नेपाली कांग्रेसका पूर्वमन्त्री दिपक खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको खुलेको छ । खड्काको पक्राउ विरुद्ध चलेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा लिखित जवाफ पेश गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अख्तियारले पनि खड्कामाथि अनुसन्धान गरिरहेको र त्यसक्रममा केही फाइलहरु खडा भएको विवरण पठाएको हो । विनिता थापाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखेको दावी सहित सर्वोच्च ...
। ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर अनलाइन जुवा खेलाउने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन जुवा खेलाएको आरोपमा ९ जना पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक चेत यादव, आशिष शर्मा, रौनक सिंह र नेपाली नागरिक पूर्वी नवलपरासीका सुजन दुवाडी, तनहुँका निरोज राना, कास्कीका आशिष ...
। काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ झम्सिखेल सडकमा एक व्यक्तिमाथि हातपात गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । एक व्यक्तिमाथि युवाहरूको समूहले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोको आधारमा प्रहरीले उनीहरूको पहिचान गरी पक्राउ गरेको हो । यो समूहले मंगलबार दिउँसो पौने २ बजेको समयमा ती व्यक्तिमाथि हातपात गरेको थियो । पक्राउ पर्ने चारै ...