। काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ झम्सिखेल सडकमा एक व्यक्तिमाथि हातपात गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । एक व्यक्तिमाथि युवाहरूको समूहले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सोही भिडियोको आधारमा प्रहरीले उनीहरूको पहिचान गरी पक्राउ गरेको हो । यो समूहले मंगलबार दिउँसो पौने २ बजेको समयमा ती व्यक्तिमाथि हातपात गरेको थियो ।
पक्राउ पर्ने चारै जना चन्द्रागिरि ८ का हुन् । प्रहरीका अनुसार ३० वर्षका राजीव पन्त, २६ वर्षका रोहन पन्त, ३१ वर्षका विनोद पन्त र ३४ वर्षका अस्मित सिटौला पक्राउ परेका हुन् ।
उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।