मुख्य समाचार
आफू जुनसुकै प्रकारको छानविनका लागि पनि तयार
आफू जुनसुकै प्रकारको छानविनका लागि पनि तयार

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जुनसुकै प्रकारको छानविनका लागि पनि तयार रहेको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा नै गरिसकेको दाबी गरे ।

सबै प्रकारका छानबिका लागि आफू तयार रहेको बताउँदै उनले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गरे । उनले भने, ‘सम्पत्ति छानबिनको कुरा मेरै पालामा निर्णय गरेको हो । मैले धेरै चोटी भनिसकें ।’



प्रचण्डले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारबारे टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् । उनले भने, ‘हामी हेर्दैछौँ, अहिले नै टिप्पणी गर्ने बेला भएको छैन । सकेसम्म राम्रो गरोस् ।’ सरकारले पूर्व प्रधानमन्त्री प्रचण्डसहित शेरबहादुर देउवा, केपी ओलीसहित सबै शीर्ष तहका नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले उडान ढिला (फ्लाइट डिले) गर्ने एयरलाइन्सहरुलाई फाइन तिराउनु पर्ने बताएका छन् । संघीय संसदको संयुक्त वैठकलाई शुक्रबार सम्बोधन गर्दै सांसद साम्पाङले उडान ढिलाईका कारण समस्या भोग्नु परेको जानकारी सरकारलाई गराउँदै यस्ता एयरलाइन्सलाई फाइन तिराउनु पर्ने माग गरे । यस्तै उनले दार्चुला पुगेर आउँदा आफू रोएर आएको ...
: वैदेशिक रोजगार विभागले सेवाग्राहीहरूलाई व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाका लागि विभाग वा कुनै पनि श्रम कार्यालय धाउनु नपर्ने बताएको छ। विभागले हाल ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’मार्फत घरमै बसेर अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ। व्यक्तिगत श्रम स्वीकृति लिने व्यक्तिले आफ्नै अनलाइन खाताबाट आवेदन दिनुपर्ने व्यवस्था छ। विभागको सूचनामा भनिएको छ, ‘व्यक्तिगत श्रम स्वीकृति ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता एकै पटकमा टुङ्गिने वा आगामी हप्ताहरूमा पनि जारी रहने भन्नेबारे आफू अहिले नै प्रस्ट नभएको बताएका छन् । दुई साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबीच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता सुरु गर्ने तयारी भइरहेको छ। भर्जिनियाको शार्लोट्सभिल प्रस्थान गर्नुअघि विमानमै पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले सदनमा कोही पनि कसैको बहिनी र नातिनी नभएको बताएका छन्। उपसभामुखका उम्मेदवारसमेत रहेका आफ्ना सांसद रुवीकुमारी ठाकुरलाई सदनमै 'बहिनी' सम्बोधन गरेपछि साम्पाङले सदनमा कोही कसैको बहिनी र नातिनी नभएको बताए।
: जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई ९ बर्ष पछी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरको धरान उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय सानु राई भनिने विश्वजित चाम्लिङ रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक आरके दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो। धरान–८ की १४ वर्षीया ...