मुख्य समाचार
अमेरिका–इरान शान्ति वार्ता योजनालाई स्वागत गर्दै दुवै पक्षलाई ‘असल नियत’ सहित वार्तामा सहभागी हुन अपिल
अमेरिका–इरान शान्ति वार्ता योजनालाई स्वागत गर्दै दुवै पक्षलाई ‘असल नियत’ सहित वार्तामा सहभागी हुन अपिल

: संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका–इरान शान्ति वार्ता योजनालाई स्वागत गर्दै दुवै पक्षलाई ‘असल नियत’ सहित वार्तामा सहभागी हुन अपिल गरेका छन् ।

शुक्रबार संयुक्त राष्ट्रसंघको पत्रकार सम्मेलनमा महासचिवका प्रवक्ता स्टेफन डुजारिकले भने, ‘महासचिवले सबै पक्षलाई यस कूटनीतिक अवसरको उपयोग गर्न र असल नियतका साथ स्थायी तथा व्यापक सम्झौताको दिशामा वार्ता गर्न आग्रह गरेका छन् । जसले तनाव कम गरोस् र फेरि द्वन्द्वको अवस्था नआओस् ।’

डुजारिकले भनेका छन्, ‘महासचिवले अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधानको कुनै विकल्प नभएको कुरा पुनः दोहोर्‍याएका छन् र यो पूर्णरूपमा अन्तर्राष्ट्रिय कानुन, जसमा संयुक्त राष्ट्रसंघको बडापत्र पनि समावेश छ, त्यहि अनुरूप हुनुपर्छ ।’ कूटनीतिक प्रयासहरूलाई समर्थन गर्न सकियोस् भनेर गुटेरेसका विशेष दूतहरू उक्त क्षेत्रमा उपस्थित रहेको समेत उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिणी लेबनानको नबातियेह सहरमा भएको इजरायली आक्रमणमा १३ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको लेबनानी राष्ट्रपति कार्यालयले जनाएको छ। सामाजिक सञ्जाल 'एक्स' मार्फत एक विज्ञप्ति जारी गर्दै लेबनानी राष्ट्रपति जोसेफ आउनले उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार इजरायली सैन्य कारबाहीमा सुरक्षा निकायका सदस्यहरूले ज्यान गुमाएका हुन्। यद्यपि, यस घटनाबारे इजरायली ...
: अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम घोषणा भएपछि शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डल पाकिस्तान पुगेको छ ।इरानको सरकारी मिडियाले प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको पुष्टि गरेको छ । उता अमेरिकाका उपराष्ट्रपति जेडी भान्स पनि इस्लामाबाद जाँदैछन्। उनी शान्ति वार्तामा अमेरिकाको प्रतिनिधित्व गर्नेछन् । उनीसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकाफ र ट्रम्पका ज्वाइँ जारेड कुशनर ...
: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग पाकिस्तानमा वार्ताको तयारी चलिरहेका बेला हर्मुज जलडमरूमध्य चाँडै नै पुनः खुल्ने बताएका छन् । तेहरानद्वारा गरिएको नाकाबन्दीका कारण विश्व ऊर्जा आपूर्तिमा ठूलो असर परेको छ । पाकिस्तानमा अमेरिकी र इरानी अधिकारीबीच हुने शान्ति वार्ताको पूर्व सन्ध्यामा टम्पले अमेरिकाले ‘खाडी क्षेत्र खोल्ने’ र अन्य देशहरू पनि सहयोग गर्ने बताएका छन् ...
। इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको घोषणा मान्ने भएको छ । तर, उसले लेबनानमा भने युद्धविराम लागू नहुने प्रष्ट्याएको छ । इजरायलले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलामा समर्थन गर्दछौं, जसमा इरानमाथि दुई साताका लागि हमला नगरिने उल्लेख छ । बिना शर्त इरानले तत्काल होर्मुज स्ट्रेट खोलोस् र अमेरिका, इजरायल र ...
। पाकिस्तानको मध्यस्थतामा बुधबार बिहान सबेरै घोषणा गरिएको अमेरिका-इरान युद्धविरामलाई कतारको मन्त्रिपरिषद्ले स्वागत गरेको छ। मन्त्रिपरिषद्ले एक विज्ञप्ति जारी गर्दै ‘क्षेत्रीय स्थिरतालाई कमजोर बनाउने सबै प्रकारका शत्रुतापूर्ण कार्य र गतिविधिहरूलाई तत्काल रोक्नुपर्ने आवश्यकता, राज्यको सार्वभौमसत्ताप्रतिको सम्मान, र समुद्री मार्गको सुरक्षा, जलयात्राको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय व्यापारको सुनिश्चितता’ मा जोड दिएको छ। युद्धविराम घोषणा भएको केही घण्टापछि बुधबार पनि ...