: रुखले किचेर नुवाकोटको आलडाँडामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । बेलकोटगढी नगरपालिका–९ आलडाँडामा शनिबार कुटमिरोको रुख काट्ने क्रममा सोही रुखले किचेर एक जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुई जना घाइते भएका छन् भने उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
रुखले किचेर स्थानीय ३३ वर्षीय प्रेमबहादुर तामाङको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष दुर्गाप्रसाद गजुरेलले जानकारी दिए । उनका अनुसार उक्त दुर्घटनामा परी सँगै काम गरिरहेका बेलकोटगढी–१० का ३४ वर्षीय अरुण तामाङ र ३२ वर्षीय माधव भुजेल घाइते भएका छन् । घाइतेलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।