मुख्य समाचार
अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई अतिरिक्त कागजात नचाहिने स्पष्ट
अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई अतिरिक्त कागजात नचाहिने स्पष्ट

: अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई अतिरिक्त कागजात नचाहिने स्पष्ट पारेको छ । पछिल्ला दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र वैदेशिक रोजगार विभागको सूचनापछि श्रमिकहरूबीच उत्पन्न भ्रम हटाउन विभागले यस्तो स्पष्टीकरण सार्वजनिक गरेको हो ।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्ने श्रमिकहरूले अनावश्यक रूपमा विल, रसिद वा अन्य थप कागजात बोक्नु नपर्ने विभागले स्पष्ट पारेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीका लागि श्रम स्वीकृति, राहदानी जस्ता आधारभूत कागजात भए पुग्ने जनाइएको छ ।
यस्तै, भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका हकमा पनि प्रक्रिया सहज बनाइएको छ ।



कम्तीमा ६ महिना वैधता भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न सकिने विभागले जनाएको छ । गृह मन्त्रालयको पूर्व निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार यो व्यवस्था लागू गरिएको जनाउँदै विभागले यात्रुहरूलाई भ्रममा नपर्न र आफ्नो यात्रा सम्बन्धी जानकारी पूर्ण रूपमा बुझेर ढुक्कसँग विदेश जान आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले उडान ढिला (फ्लाइट डिले) गर्ने एयरलाइन्सहरुलाई फाइन तिराउनु पर्ने बताएका छन् । संघीय संसदको संयुक्त वैठकलाई शुक्रबार सम्बोधन गर्दै सांसद साम्पाङले उडान ढिलाईका कारण समस्या भोग्नु परेको जानकारी सरकारलाई गराउँदै यस्ता एयरलाइन्सलाई फाइन तिराउनु पर्ने माग गरे । यस्तै उनले दार्चुला पुगेर आउँदा आफू रोएर आएको ...
: वैदेशिक रोजगार विभागले सेवाग्राहीहरूलाई व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाका लागि विभाग वा कुनै पनि श्रम कार्यालय धाउनु नपर्ने बताएको छ। विभागले हाल ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’मार्फत घरमै बसेर अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ। व्यक्तिगत श्रम स्वीकृति लिने व्यक्तिले आफ्नै अनलाइन खाताबाट आवेदन दिनुपर्ने व्यवस्था छ। विभागको सूचनामा भनिएको छ, ‘व्यक्तिगत श्रम स्वीकृति ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता एकै पटकमा टुङ्गिने वा आगामी हप्ताहरूमा पनि जारी रहने भन्नेबारे आफू अहिले नै प्रस्ट नभएको बताएका छन् । दुई साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबीच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता सुरु गर्ने तयारी भइरहेको छ। भर्जिनियाको शार्लोट्सभिल प्रस्थान गर्नुअघि विमानमै पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले सदनमा कोही पनि कसैको बहिनी र नातिनी नभएको बताएका छन्। उपसभामुखका उम्मेदवारसमेत रहेका आफ्ना सांसद रुवीकुमारी ठाकुरलाई सदनमै 'बहिनी' सम्बोधन गरेपछि साम्पाङले सदनमा कोही कसैको बहिनी र नातिनी नभएको बताए।
: जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई ९ बर्ष पछी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरको धरान उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय सानु राई भनिने विश्वजित चाम्लिङ रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक आरके दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो। धरान–८ की १४ वर्षीया ...