: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संसद युवाको उर्जाले मात्र नचल्ने भएकाले अग्रजको अनुभव पनि चाहिने बताएकी छिन् ।
संघीय संसदको संयुक्त वैठकमा पार्टीका तर्फबाट सभामुखको उम्मेदवार रहेकी सरस्वती लामाको नाममा समर्थन जनाउँदै सांसद ओलीले विगतमा जस्तै सिण्डिकेटको राजनीति गर्न नहुने बताएकी छिन् । राप्रपा बोलीमा पक्का रहेको बताउँदै उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गरेको प्रतिवद्धतामा विश्वास गरिहाल्न नसकिने खालको नजिर स्थापि गरेको टिप्पणी गरिन् ।
उनले भनिन्, ‘आजको प्रश्न एउटा पदको नभई राजनीतिक आचरणको हो ।’ रास्वपाको अविश्वसनीय शैलीले राप्रपाको विश्वसनीयतामा समेत अनावश्यक रुपमा असर पुर्याउने काम भएको बताइन् । उनले यस्तो राजनीतिक सँस्कार यो सदनमा कहिले पनि नदोहोरिनु पर्ने बताइन् ।