: रौतहटमा सवारी दुर्घटनामा परेर तीन महिनामा १४ को मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २ सय ८६ सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो। दुर्घटनामा ४४ जना गम्भीर र ४ सय ९ जना सामान्य घाइते भएका छन्। तथ्यांक अनुसार मापसे गरेर सवारी चलाउने २ सय ४१ लाई कारबाही गरिएको छ।
कार्यालय गत माघदेखि हालसम्म २३ लाख १० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ। तीन महिनामा २ हजार २ सय सवारी चालकलाई कारबाही गर्दा सो राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए।