मुख्य समाचार
अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल
अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल

: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’

इस्लामाबादमा आयोजित एक प्रेस सम्मेलनमा उनले भने, ‘पाकिस्तानले वार्तालाई व्यवस्थित ढंगले सञ्चालन गर्न राम्रो काम ग¥यो, ताकि कुनै सहमति हुन सकोस् ।’ उनले भने, ‘हामी २१ घण्टादेखि यस विषयमा लागिरहेका छौँ, तर खराब खबर यो हो कि हामी कुनै निष्कर्षमा पुग्न सकेनौं ।’ उनले थपे, ‘हामीले आफ्नो सीमा स्पष्ट गरेका छौं । उनीहरूले हाम्रो शर्तहरू स्वीकार गर्न अस्वीकार गरे । वार्तामा भएका कमजोरीहरू पाकिस्तानका कारण थिएनन्, उनीहरूले उत्कृष्ट काम गरे ।’

उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरको प्रशंसा पनि गरे । उनले अमेरिकी प्रतिनिधिमण्डल अब पाकिस्तान छोड्दै गरेको पनि बताए । बीबीसी उर्दूका अनुसार हाल उपराष्ट्रपति अमेरिका फर्किसकेका छन् । बीबीसीका सुरक्षा स्रोतहरूले प्राप्त गरेको एक भिडियोमा अमेरिकी उपराष्ट्रपतिलाई पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल आसिम मुनीर, विदेश मन्त्री इसहाक डार र गृहमन्त्री मोहसिन नकवीले विदाइ गरिरहेको देखिन्छ ।



यसअघि, इरान र अमेरिकी प्रतिनिधिमण्डलबीच शनिबार सुरु भएको इस्लामाबाद वार्ता राति अबेरसम्म चलेको थियो । पाकिस्तानले दुवै देशबीच मध्यस्थको भूमिका निभाइरहेको छ । बीबीसी संवाददाता क्रिस्टल हेजका अनुसार, इस्लामाबाद समयअनुसार बिहान ४ः५० बजेसम्म वार्ता जारी रहेको थियो ।

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सेरेना होटलमा यो वार्ता भएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएअनुसार, वार्तामा होर्मुज स्ट्रेट, परमाणु मुद्दा, युद्धमा भएको क्षतिको क्षतिपूर्ति, प्रतिबन्ध हटाउने र क्षेत्रीय युद्धको पूर्ण अन्त्यबारे छलफल भएको थियो । वार्ता समाप्त हुनुअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग भनेका थिए ‘इरानसँग सहमति हुन्छ वा हुँदैन, त्यसले मलार्य कुनै फरक पार्दैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...