मुख्य समाचार
खत्याड गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु
खत्याड गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु

: बुधबारदेखि खत्याड गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको छ। गाउँपालिकाभित्रै रहेको भवनबाट सुरु गरिएका यी कार्यालयहरूले अब जिल्लास्तरबाट प्रदान हुने अधिकांश सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउनेछन्।

यसअघि खत्याडका सर्वसाधारण नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गा दर्ता, नापजाँच लगायतका कामका लागि दुई दिनसम्म पैदल यात्रा वा सडक यातायात प्रयोग गरी जुम्ला, बाजुरा वा हुम्ला हुँदै सदरमुकाम गमगढी पुग्न बाध्य थिए। सामान्य प्रशासनिक कामकै लागि ५ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो, जसले आर्थिक मात्र नभई शारीरिक रूपमा पनि ठूलो कष्ट निम्त्याएको स्थानीयहरूले बताएका छन्।

खत्याड गाउँपालिका–३ का स्थानीय गगन बुढा भन्छन्, ‘सडक सञ्जाल नहुँदा नागरिकता बनाउन वा अन्य कामका लागि सदरमुकाम पुग्न निकै दुःख थियो। विशेषगरी वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई झन् समस्या हुन्थ्यो। अब गाउँमै सेवा पाइने भएपछि हामीलाई ठूलो राहत मिलेको छ।’



सोही गाउँपालिका–७ की दुवु डागर भन्छिन्, ‘नागरिकता वा अन्य सरकारी कामकै लागि सदरमुकाम पुग्न १ दिनदेखि २ दिन पैदल हिँड्नु पर्ने बाध्यता थियो। वडाबाट लिएको सिफारिस मिलेन भने फेरि गाउँमै फर्केर अर्को दिन सदरमुकाम पुगेका स्थानीयहरूको धेरै घटना छन्। अब गाउँपालिकामै सबै सेवा पाउने भएपछि स्थानीयहरूले त्यस्ता दुःख कष्ट कमै पाउनेछन्।’

बुधबारदेखि सञ्चालनमा आएका यी तीनवटै कार्यालयले नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र दर्ता, जग्गा प्रशासन तथा नापजाँच सम्बन्धी सम्पूर्ण कार्यहरू स्थानीय स्तरमै उपलब्ध गराउनेछन्। यससँगै खत्याडका बासिन्दाले अब सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको वैठले पूर्व उपसभापति खड्कालाई सात दिने स्पष्टीकरण सोधेको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । आज पार्टी केन्द्रीय कार्यालय सानेपाको बीपी स्मृति भवनमा बसेको अनुशासन समितिको वैठकले यस्तो निर्णय गरेको हो । अनुशासन समितिले खड्काले ...
: सरकारले गत भदौ २३ र २४ गते भएको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले ...
: सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुलाएको छ । सरकारले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जनाएको छ । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति ...
: सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग बनाउने निर्णय गरेको हो। २०६२/६३ देखि हालसम्मको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग ...
: प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन वैशाख ४ गते हुँदैछ। ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना ...