: काठमाडौंमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको निधन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रामेछापको लिखु तामाकोशी गाउँपालिकाका लामाको आज निधन भएको नेपाल प्रहरीले जनाएको छ।
गत चैत २९ गते काठमाडौंको तारकेश्वर नगरपालिका-८ डाँडागाउँ सडकखण्डमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो। कर्तव्यपालनाको सिलसिलामा दुर्घटनामा परि निधन भएका लामाप्रति प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले श्रद्धाञ्जली व्यक्त गरेका छन्।