: ४ करोड ५० लाख ठगी कसुर मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-७ का ६२ वर्षीय शान्तीरमण पंगेनी र ५८ वर्षीय टीका पंगेनी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पोखरामा उपस्थित गराइएको छ।