मुख्य समाचार
भन्सारमा कडाई गरिएको विरोधमा वीरगन्ज नाकामा धर्ना
भन्सारमा कडाई गरिएको विरोधमा वीरगन्ज नाकामा धर्ना

: वीरगन्ज नाकास्थित शंकराचार्य गेटमा जनअधिकार पार्टीले आइतबार धर्ना दिएको छ। भारतबाट १०० रुपैयाँ बढी मूल्यको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने नियमको विरोधमा जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवको अगुवाइमा उक्त पार्टीका नेता कार्यकर्ताले आइतबार वीरगन्ज नाकास्थित शंकराचार्य गेटस्थित सडकमै एक घण्टा धर्ना दिएका हुन्।

सरकारले भन्सार कर असुल्ने नाममा नेपाल र भारत बीचको रोटीबेटीको सम्बन्धमा नै खलल पुर्‍याउने नियतले उक्त हास्यास्पद नियम लगाएको अध्यक्ष यादवले आरोप लगाए। खासगरी सीमा क्षेत्रका मधेसका जनतालाई सास्ती दिनेगरी भन्सारमा लगाइएको उक्त नियम तत्काल खारेज गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए।

मधेसी मूलका व्यक्ति बालेन शाह प्रधानमन्त्री हुँदा सबैभन्दा बढी उत्साहित मधेसकै जनता भएको भए पनि सरकार बनेको २२ दिनमै मधेसीका लागि यो सरकारले अप्रिय नियम लगाउनु दुःखद भएको उनको भनाइ छ। महंगीमाथि सरकारको नियन्त्रण नरहेको भन्दै अध्यक्ष यादवले भने, ‘खाद्यान्न, इन्धन लगायत दैनिक उपभोग्य मालवस्तुको भाउ दिन दिनै बढ्दै गएको छ। तर सरकार कर असुल्ने धन्दामा मात्रै केन्द्रित छ।’

सरकारले भन्सारमा लगाएको नियमलाई उनले मधेसमाथिको अघोषित नाकाबन्दी भएको टिप्पणी गरे। केही दिनदेखि सरकारले नेपाल–भारत सीमानाकामा भन्सार राजस्व चुहावट रोक्न भन्दै भारतबाट १ सय रुपैयाँ बढी मूल्यको कुनै पनि सामान ल्याउँदा अनिवार्य भन्सार कर तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेको छ। जसका कारण सीमा क्षेत्रका मधेसका नागरिक प्रत्यक्ष मारमा परेका छन्। सरकारको उक्त कदमको चौतर्फी आलोचना भइरहेको छ।
भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३)को अधिकार प्रयोग गरी सरकारले गत २०८० जेठ १५ गतेदेखि नै यात्रुका लागि यो नियम लागू गरेको थियो। तर, व्यवहारमा कार्यान्वयन भने गरिएको थिएन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको ...
: झापामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार दमक नगरपालिका-९ का २७ वर्षीय पदमबहादुर मगरको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गौरादह नगरपालिका -१ स्थित सितापुरी चोकमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र न १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैँ ...
: काठमाडौं महानगरपालिका-१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारबाट प्रहरीले चार थान पेस्तोलसहित गोली बरामद गरेको छ। आइतबार बिहान ११ बजेतिर विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा हातहतियार फेला पारेको हो। बरामद गरिएका सामग्रीमा टाइप्स -५४ पेस्तोल चार थान,सोही पेस्तोलका म्याग्जिन सात थान र ९ एमएम बेरेटाका ५८ राउण्ड गोली रहेका ...
उपत्यकाका धार्मिक तथा ऐतिहासिक मन्दिर क्षेत्रवरिपरि सञ्चालन भइरहेका मासु–माछा बिक्री पसल तथा रेस्टुरेन्टहरूको व्यवस्थापनबारे पछिल्ला दिनहरूमा पुनः व्यापक बहस सुरु भएको छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र सहरी अनुशासनलाई केन्द्रमा राख्दै यो विषय सामाजिक तथा प्रशासनिक रूपमा संवेदनशील बन्दै गएको देखिन्छ। स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न धार्मिक समूहहरूले मन्दिरवरिपरि सञ्चालनमा रहेका मासु–माछा बिक्री तथा सम्बन्धित ...
: सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जनाएको छ । ‍मृत्यु हुने र घाइते हुने सबै जना एउटै वडाका हुन् । बनगाड कुपिण्डे नगरपालिकाको - ८ थारादेखि कालिमाटी गाउँपालिका-१ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै ...