मुख्य समाचार
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते

: सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जनाएको छ ।

‍मृत्यु हुने र घाइते हुने सबै जना एउटै वडाका हुन् । बनगाड कुपिण्डे नगरपालिकाको - ८ थारादेखि कालिमाटी गाउँपालिका-१ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको गाडी शनिबार साँझ बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका दुर्घटनामा परि बनगाड कुपिन्डे नगरपालिका - ८ थाराका ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्ण बहादुर पुन र ३० वर्षीय मन बहादुर थापाको मृत्यु भएको छ ।



तीन जनालाई जिल्ला अस्पताल सल्यानमा चिकित्सकले मृत घोषणा गरेका हुन् भने एक जनाको सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए।

दुर्घटनामा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ का भुपेन्द्र कँवर,भुल बहादुर थापा, जुग सिंह पुन ,कुल बहादुर राना, अम्मर सिहं कँवर, डम्मर घर्ती र जनक थापा गम्भीर घाइते भएका छन्।

घाइतेको जिल्ला अस्पताल सल्यान र सुर्खेतको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । तीन वडा गाडीमध्ये एउटामा राँगा र एउटामा दुलाहा–दुलही सवार थिए । एउटा गाडीमा भने १८ जना जन्ती सवार थिए । त्यही १८ जना जन्ती सवार गाडी दुर्घटनामा परेको हो । दुलहाको घर थाराबाट छुटेको करिब आधा घण्टामै गाडी दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको ...
: झापामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार दमक नगरपालिका-९ का २७ वर्षीय पदमबहादुर मगरको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गौरादह नगरपालिका -१ स्थित सितापुरी चोकमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र न १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैँ ...
: काठमाडौं महानगरपालिका-१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारबाट प्रहरीले चार थान पेस्तोलसहित गोली बरामद गरेको छ। आइतबार बिहान ११ बजेतिर विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा हातहतियार फेला पारेको हो। बरामद गरिएका सामग्रीमा टाइप्स -५४ पेस्तोल चार थान,सोही पेस्तोलका म्याग्जिन सात थान र ९ एमएम बेरेटाका ५८ राउण्ड गोली रहेका ...
उपत्यकाका धार्मिक तथा ऐतिहासिक मन्दिर क्षेत्रवरिपरि सञ्चालन भइरहेका मासु–माछा बिक्री पसल तथा रेस्टुरेन्टहरूको व्यवस्थापनबारे पछिल्ला दिनहरूमा पुनः व्यापक बहस सुरु भएको छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र सहरी अनुशासनलाई केन्द्रमा राख्दै यो विषय सामाजिक तथा प्रशासनिक रूपमा संवेदनशील बन्दै गएको देखिन्छ। स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न धार्मिक समूहहरूले मन्दिरवरिपरि सञ्चालनमा रहेका मासु–माछा बिक्री तथा सम्बन्धित ...
: वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो । उक्त प्रयोजनका लागि यही वैशाख ४ गते ...