मुख्य समाचार
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र इरानका राष्ट्रपति मसूद पेजेश्कियानबीच टेलिफोन वार्ता
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र इरानका राष्ट्रपति मसूद पेजेश्कियानबीच टेलिफोन वार्ता

: पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र इरानका राष्ट्रपति मसूद पेजेश्कियानबीच आइतबार साँझ टेलिफोन वार्ता भएको छ। पाकिस्तानको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारी अनुसार, दुई नेताबीच करिब ४५ मिनेटसम्म वर्तमान क्षेत्रीय अवस्थाका बारेमा विस्तृत छलफल भएको थियो। सो क्रममा प्रधानमन्त्री सरिफले गत अप्रिल ११-१२ मा इस्लामाबादमा भएको वार्ताका लागि प्रतिनिधिमण्डल पठाएकोमा इरानी नेतृत्वलाई धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री सरिफले इरानी राष्ट्रपतिलाई हालै साउदी अरब, कतार र टर्कीका नेताहरूसँग भएका भेटघाटबारे जानकारी गराए। यी भेटहरूले क्षेत्रमा स्थायी शान्तिका लागि कूटनीतिक प्रक्रियालाई अघि बढाउन मद्दत पुग्ने उनले बताए ।

पाकिस्तानले आफ्ना मित्र र साझेदार राष्ट्रहरूको सहयोगमा क्षेत्रीय शान्ति र सुरक्षाका लागि इमानदार प्रयास जारी राख्ने प्रतिबद्धता दोहोर्याएको बीबीसीले उल्लेख गरेकाे छ ।



राष्ट्रपति पेजेश्कियानले प्रधानमन्त्री सरिफ र फिल्ड मार्शल असिम मुनिरलाई धन्यवाद दिँदै शान्ति स्थापनाका लागि पाकिस्तानले गरिरहेको प्रयासको प्रशंसा गरे। साथै, आगामी दिनमा इरान र पाकिस्तानको सम्बन्ध अझ प्रगाढ हुने विश्वास समेत दिलाए।

अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। यसअघि इस्लामावादमा एक चरणको वार्ता सम्पन्न भइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो चरणको वार्ताका लागि पनि अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबाद जाने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...