मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरूलाई निर्वाचन क्षेत्रमा खटाउने निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरूलाई निर्वाचन क्षेत्रमा खटाउने निर्णय

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरूलाई निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदहरूलाई पनि जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।



सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले जिम्मेवारीको सूची पारित गर्ने प्रवक्ता झाले बताए। जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलिको बैठकबाट पारित गर्ने रास्वपाको तयारी छ।

फागुन २१ को निर्वाचनमा रास्वपाले १६५ मध्ये १२५ क्षेत्रमा जित हासिल गरेको थियो। समानुपातिकतर्फ भने ५७ सिट जितेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५२ औं महासभामा सहभागी अध्यक्ष दाहाल र सभामुख मिल्टनबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले जनाएको ...
— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । ...
: चट्याङ पर्दा चार्जमा राखेर मोबाइल चलाइरहेका गोरखाका एक युवकको मृत्यु भएको छ । सहिदलखन गाउँपालिका- ५ तोरेन पोखरीडाँडा निवासी २६ वर्षीय विनोद थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आइतबार साँझ ६:३० बजेतिर चट्याङ पर्रिरहेको समयमा चार्जमा राखेर मोबाइल फोनमा बोलिरहेका बेला विद्युतमा हाईभोल्टेज आई मोबाइल पड्कँदा थापा घाइते भएका थिए । ...
: सरकारी कर्मचारीले अब १५ दिनमै तलब-भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीलाई १५-१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो। वैशाख ४ गतेको निर्णयमा मासिक रूपमा दिइँदै आएको तलबलाई अर्धमासिकरूपमा भुक्तानी गर्ने परिपाटीको सुरुवात गर्ने उल्लेख छ।
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै विवाद नरहेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उनीहरूबीचको घनिष्ठता बढ्दै गएको बताए। 'बाहिर हल्ला फैलाइएको जस्तो उहाँहरूको सम्बन्ध चिसिएको छैन। बरु बाहिर जति हल्ला फैलाइँदैछ। त्यसभन्दा बढी उहाँहरूबीच घनिष्ठता कायम हुँदैछ,' उनले भने। महामन्त्री बुर्लाकोटीले दुई नेताहरूबीच ...