मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने
प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने

: प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाइएको उनको सचिवालयले जनाएको छ।

बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ।




बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहभागी हुनेछन्।
गत चैत २० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूबीच भएको राजनीतिक दलका विद्यार्थी संगठनका कार्यालय हटाउने निर्णय गरेको थियो। बैठकको निर्णयअनुसार अब विश्वविद्यालयहरूले विद्यार्थी संगठनलाई कार्यालय सञ्चालनका लागि कुनै पनि कोठा, भवन वा जमिन उपलब्ध गराउने छैनन् । निर्णयअनुसार विश्वविद्यालय परिसरभित्र विद्यार्थी संगठनका ब्यानर, झन्डा र भित्ते लेखनलगायतका भौतिक संकेतहरू तत्काल हटाइनेछ । यदि विश्वविद्यालयको ऐनमा दलीय विद्यार्थी संगठनसम्बन्धी कुनै कानुनी व्यवस्था भए ती नियमहरू खारेजीका लागि तत्काल आयोगमार्फत मन्त्रालयमा प्रस्ताव पेस गरिने निर्णय भएको छ।

विद्यार्थी संगठन हटाएपछि सुरक्षा युनिटको आडमा प्रशासनले विद्यार्थीका जायज मागहरू दबाउन सक्ने जोखिम रहेको भन्दै यसको विरोध पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५२ औं महासभामा सहभागी अध्यक्ष दाहाल र सभामुख मिल्टनबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले जनाएको ...
— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । ...
: चट्याङ पर्दा चार्जमा राखेर मोबाइल चलाइरहेका गोरखाका एक युवकको मृत्यु भएको छ । सहिदलखन गाउँपालिका- ५ तोरेन पोखरीडाँडा निवासी २६ वर्षीय विनोद थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आइतबार साँझ ६:३० बजेतिर चट्याङ पर्रिरहेको समयमा चार्जमा राखेर मोबाइल फोनमा बोलिरहेका बेला विद्युतमा हाईभोल्टेज आई मोबाइल पड्कँदा थापा घाइते भएका थिए । ...
: सरकारी कर्मचारीले अब १५ दिनमै तलब-भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीलाई १५-१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो। वैशाख ४ गतेको निर्णयमा मासिक रूपमा दिइँदै आएको तलबलाई अर्धमासिकरूपमा भुक्तानी गर्ने परिपाटीको सुरुवात गर्ने उल्लेख छ।
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै विवाद नरहेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उनीहरूबीचको घनिष्ठता बढ्दै गएको बताए। 'बाहिर हल्ला फैलाइएको जस्तो उहाँहरूको सम्बन्ध चिसिएको छैन। बरु बाहिर जति हल्ला फैलाइँदैछ। त्यसभन्दा बढी उहाँहरूबीच घनिष्ठता कायम हुँदैछ,' उनले भने। महामन्त्री बुर्लाकोटीले दुई नेताहरूबीच ...