: राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
यस विभागको प्रमुखको जिम्मेवारीमा डिपी अर्याल रहेका थिए। पार्टी उपसभापति अर्याल सभामुखमा निर्विरोध निर्वाचित हुँदै गर्दा पार्टीको जिम्मेवारीबाट अलग भएपछि उक्त पद रिक्त थियो।