मुख्य समाचार
संसद् विघटनसँगै निष्क्रिय बनेको ‘प्रस्तावित संघीय प्रहरी विधेयक’लाई परिमार्जनसहित अघि बढाउन प्रहरी प्रधान कार्यालयले अध्ययन समिति गठन
संसद् विघटनसँगै निष्क्रिय बनेको ‘प्रस्तावित संघीय प्रहरी विधेयक’लाई परिमार्जनसहित अघि बढाउन प्रहरी प्रधान कार्यालयले अध्ययन समिति गठन

: संसद् विघटनसँगै निष्क्रिय बनेको ‘प्रस्तावित संघीय प्रहरी विधेयक’लाई परिमार्जनसहित अघि बढाउन प्रहरी प्रधान कार्यालयले अध्ययन समिति गठन गरेको छ । अघिल्लो प्रतिनिधिसभामा दर्ता भएर रोकिएको विधेयक फागुन २१ को निर्वाचनपछि नयाँ संसद् आएसँगै हेडक्वार्टरले यसमा तदारुकता देखाएको हो ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीको संयोजकत्वमा गठित समितिले विधेयकका विवादित र सुधार गर्नुपर्ने पक्षबारे अध्ययन गर्नेछ । यस कार्यमा प्रहरी अन्वेषण तथा योजना विकास निर्देशनालयले समेत समन्वय गरिरहेको छ । प्रस्तावित विधेयकमा उल्लिखित जिल्ला प्रशासन कार्यालयको भूमिका र सशस्त्र प्रहरीको कार्यक्षेत्रसम्बन्धी कतिपय प्रावधानप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाउँदै आएको छ ।

विशेषगरी, अपराध नियन्त्रण र इन्टेलिजेन्स परिचालनमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नियन्त्रण रहने व्यवस्था र प्रहरीको परम्परागत अधिकार सशस्त्र प्रहरीलाई दिने बुँदाहरूमा हेडक्वार्टरको मुख्य आपत्ति छ । गृह मन्त्रालयले प्रहरीसँगै सशस्त्र प्रहरी, अध्यागमन र गुप्तचरसम्बन्धी विधेयकहरू पनि अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वीरगन्ज महानगर क्षेत्रमा आइतबार बिहानैदेखि सडकको दाँयाबाँया २५ मिटरभित्रका संरचना भत्काउन सुरु गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गतको गण्डक–मितेरी पुल सडक क्षेत्रमा रहेका अतिक्रमित संरचना बिहान साढे ५ बजेबाट हटाउन सुरु गरिएको हो । सडक डिभिजन हेटौंडा कार्यालयले आइतबार करिब १ दर्जन डोजर/एस्क्साभेटर चलाएर संरचना हटाउन सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर ...
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५२ औं महासभामा सहभागी अध्यक्ष दाहाल र सभामुख मिल्टनबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले जनाएको ...
— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । ...
: चट्याङ पर्दा चार्जमा राखेर मोबाइल चलाइरहेका गोरखाका एक युवकको मृत्यु भएको छ । सहिदलखन गाउँपालिका- ५ तोरेन पोखरीडाँडा निवासी २६ वर्षीय विनोद थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आइतबार साँझ ६:३० बजेतिर चट्याङ पर्रिरहेको समयमा चार्जमा राखेर मोबाइल फोनमा बोलिरहेका बेला विद्युतमा हाईभोल्टेज आई मोबाइल पड्कँदा थापा घाइते भएका थिए । ...
: सरकारी कर्मचारीले अब १५ दिनमै तलब-भत्ता पाउने भएका छन्। अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी कर्मचारीलाई १५-१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो। वैशाख ४ गतेको निर्णयमा मासिक रूपमा दिइँदै आएको तलबलाई अर्धमासिकरूपमा भुक्तानी गर्ने परिपाटीको सुरुवात गर्ने उल्लेख छ।