मुख्य समाचार
सभापति र प्रधानमन्त्रीबीच लोभलाग्दो सौहार्दता छ : महामन्त्री बुर्लाकोटी
सभापति र प्रधानमन्त्रीबीच लोभलाग्दो सौहार्दता छ : महामन्त्री बुर्लाकोटी

: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीच कुनै विवाद नरहेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उनीहरूबीचको घनिष्ठता बढ्दै गएको बताए।

'बाहिर हल्ला फैलाइएको जस्तो उहाँहरूको सम्बन्ध चिसिएको छैन। बरु बाहिर जति हल्ला फैलाइँदैछ। त्यसभन्दा बढी उहाँहरूबीच घनिष्ठता कायम हुँदैछ,' उनले भने।



महामन्त्री बुर्लाकोटीले दुई नेताहरूबीच लोभलाग्दो सम्बन्ध रहेको बताए। 'उहाँहरूको बीच लोभलाग्दो सम्बन्ध छ,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । आइतबार साँझ चौदण्डीगढी नगरपालिकाको कार्यालयबाट बेल्टार बजार जाने ओरालो बाटोमा ७३ वर्षीय रामप्रसाद राईले ६४ वर्षीय महासेर राईको हत्या गरेका हुन् । दुवै छिमेकी हुन् । सामान्य विवादका क्रममा चौदण्डीगढी नगरपालिका–७ सीतापाइलाका रामप्रसादले महासेरको छातीको दाइने भागमा चक्कु प्रहार गरेपछि स्थानीय र प्रहरीले ...
— सरकारले पालिका र वडाको संख्या र सीमा पुनरावलोकन तयारीका लागि सुझाव संकलन थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना पुनरावलोकन, स्थानीय तह गाभ्ने तथा वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३’ को मस्यौदा तयार गरी त्यसमा सुझाव मागेको हो । स्थानीय तह र वडाको संख्या तथा सिमाना स्थानीय निर्वाचनको ...
— वीरगन्ज महानगर क्षेत्रमा आइतबार बिहानैदेखि सडकको दाँयाबाँया २५ मिटरभित्रका संरचना भत्काउन सुरु गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गतको गण्डक–मितेरी पुल सडक क्षेत्रमा रहेका अतिक्रमित संरचना बिहान साढे ५ बजेबाट हटाउन सुरु गरिएको हो । सडक डिभिजन हेटौंडा कार्यालयले आइतबार करिब १ दर्जन डोजर/एस्क्साभेटर चलाएर संरचना हटाउन सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर ...
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५२ औं महासभामा सहभागी अध्यक्ष दाहाल र सभामुख मिल्टनबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले जनाएको ...
— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । ...