मुख्य समाचार
चट्याङ पर्दा चार्जमा राखेर मोबाइल चलाइरहेका गोरखाका एक युवकको मृत्यु
चट्याङ पर्दा चार्जमा राखेर मोबाइल चलाइरहेका गोरखाका एक युवकको मृत्यु

: चट्याङ पर्दा चार्जमा राखेर मोबाइल चलाइरहेका गोरखाका एक युवकको मृत्यु भएको छ । सहिदलखन गाउँपालिका- ५ तोरेन पोखरीडाँडा निवासी २६ वर्षीय विनोद थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आइतबार साँझ ६:३० बजेतिर चट्याङ पर्रिरहेको समयमा चार्जमा राखेर मोबाइल फोनमा बोलिरहेका बेला विद्युतमा हाईभोल्टेज आई मोबाइल पड्कँदा थापा घाइते भएका थिए । प्रहरीका अनुसार उनको कान, अनुहार, छातीमा जलन भई गम्भीर घाइते भएका थिए । घाइते युवाको अस्पतालमा उपचारका क्रममा गएराति २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । आइतबार साँझ चौदण्डीगढी नगरपालिकाको कार्यालयबाट बेल्टार बजार जाने ओरालो बाटोमा ७३ वर्षीय रामप्रसाद राईले ६४ वर्षीय महासेर राईको हत्या गरेका हुन् । दुवै छिमेकी हुन् । सामान्य विवादका क्रममा चौदण्डीगढी नगरपालिका–७ सीतापाइलाका रामप्रसादले महासेरको छातीको दाइने भागमा चक्कु प्रहार गरेपछि स्थानीय र प्रहरीले ...
— सरकारले पालिका र वडाको संख्या र सीमा पुनरावलोकन तयारीका लागि सुझाव संकलन थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना पुनरावलोकन, स्थानीय तह गाभ्ने तथा वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३’ को मस्यौदा तयार गरी त्यसमा सुझाव मागेको हो । स्थानीय तह र वडाको संख्या तथा सिमाना स्थानीय निर्वाचनको ...
— वीरगन्ज महानगर क्षेत्रमा आइतबार बिहानैदेखि सडकको दाँयाबाँया २५ मिटरभित्रका संरचना भत्काउन सुरु गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गतको गण्डक–मितेरी पुल सडक क्षेत्रमा रहेका अतिक्रमित संरचना बिहान साढे ५ बजेबाट हटाउन सुरु गरिएको हो । सडक डिभिजन हेटौंडा कार्यालयले आइतबार करिब १ दर्जन डोजर/एस्क्साभेटर चलाएर संरचना हटाउन सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर ...
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५२ औं महासभामा सहभागी अध्यक्ष दाहाल र सभामुख मिल्टनबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले जनाएको ...
— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । ...