मुख्य समाचार
बेइजिङमा आयोजना भएको हाफ म्याराथनमा मानव आकारको (ह्युमनोइड) रोबटले प्रोफेसनल धावकलाई उछिन्दै दौड पूरा
बेइजिङमा आयोजना भएको हाफ म्याराथनमा मानव आकारको (ह्युमनोइड) रोबटले प्रोफेसनल धावकलाई उछिन्दै दौड पूरा

— चीनको राजधानी बेइजिङमा आइतबार आयोजना भएको हाफ म्याराथनमा मानव आकारको (ह्युमनोइड) रोबटले प्रोफेसनल धावकलाई उछिन्दै दौड पूरा गरेको छ । करिब २१ किलोमिटर दूरीको उक्त दौड रोबटले करिब ५० मिनेट २६ सेकेन्डमा पूरा गरेको रोयटर्स, बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो समय युगान्डाका धावक जेकब किप्लिमोले हाफ म्याराथनमा कायम गरेको ५७ मिनेट २० सेकेन्डको विश्व कीर्तिमानभन्दा झन्डै ७ मिनेटले छिटो हो ।

दौड जित्ने रोबट चिनियाँ स्मार्टफोन ब्रान्ड, अनरले विकास गरेको हो । 'जिङजे नम्बर वान' नामक उक्त रोबटमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित नेभिगेसन, मानवजस्तै खुट्टा र कुलिङ प्रणाली प्रयोग गरिएको थियो । यस वर्ष प्रतियोगितामा १०० भन्दा बढी रोबट टोली सहभागी थिए । अघिल्लो वर्ष पनि करिब २० टोलीले हाफ म्याराथ दौडिएका थिए । यसपाली सहभागीमध्ये ४० भन्दा बढी रोबटले कसैबाट निर्देशन नलिइकन स्वतन्त्र रूपमा दौड पूरा गरेका थिए भने बाँकी रोबट रिमोटमार्फत मानवले नै सञ्चालन रहेका थिए ।

सहभागी सबै रोबट स्थिर रूपमा दौडिन सकेका थिएनन् । सन्तुलन गुमाएर कतिपय बीचमै लडे केहीलाई पुनः उठेर दौडिन मानवीय सहयोग आवश्यक परेका भिडियोहरू अहिले सामाजिक सञ्चालमा छरपस्ट छन् । विजेता रोबटले भने सफलतापूर्वक दौड पूरा गरेको थियो ।

दौड मात्र होइन, चीनमा यस्ता रोबटहरू औद्योगिक निरीक्षण, गोदाम सञ्चालन, सार्वजनिक सेवा र मनोरञ्जन क्षेत्रमा समेत परीक्षण भइरहेका छन् । चीनले ह्युमानोइड रोबटलाई आफ्नो महत्वपूर्ण रणनीतिक उद्योगका रूपमा अघि बढाइरहेको छ । सन् २०२५ मा विश्वभर चल्तीमा आएका ह्युमानोइड रोबटमध्ये ८० प्रतिशतभन्दा बढी चीनमै प्रयोग भइरहेका छन् ।

रोयटर्सका अनुसार यो वर्ष मात्रै विश्वभर करिब १६ हजार युनिट ह्युमनोइड रोबट प्रयोगमा आएका थिए । एगीबट, युनिट्री रोबटिक्स, युबीटेक रोबटिक्सजस्ता चिनियाँ कम्पनीहरूले आक्रामक रूपमा उत्पादन विस्तार गरिरहेका छन् । एगीबट एउटै कम्पनीले मात्र गत वर्ष ५ हजार १ सयभन्दा बढी युनिट बजारमा पठाएको र विश्व बजारको करिब एक तिहाइ हिस्सा ओगटेको बताइएको छ । बजार विश्लेषकहरूले एआई र स्वचालित अन्य प्रविधिहरूको बजार बिस्तार हुँदै जाँदा आगामी दशकमा ह्युमानोइड रोबट उद्योग अर्बौं डलरको हुने अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...