मुख्य समाचार
बेइजिङमा आयोजना भएको हाफ म्याराथनमा मानव आकारको (ह्युमनोइड) रोबटले प्रोफेसनल धावकलाई उछिन्दै दौड पूरा
बेइजिङमा आयोजना भएको हाफ म्याराथनमा मानव आकारको (ह्युमनोइड) रोबटले प्रोफेसनल धावकलाई उछिन्दै दौड पूरा

— चीनको राजधानी बेइजिङमा आइतबार आयोजना भएको हाफ म्याराथनमा मानव आकारको (ह्युमनोइड) रोबटले प्रोफेसनल धावकलाई उछिन्दै दौड पूरा गरेको छ । करिब २१ किलोमिटर दूरीको उक्त दौड रोबटले करिब ५० मिनेट २६ सेकेन्डमा पूरा गरेको रोयटर्स, बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो समय युगान्डाका धावक जेकब किप्लिमोले हाफ म्याराथनमा कायम गरेको ५७ मिनेट २० सेकेन्डको विश्व कीर्तिमानभन्दा झन्डै ७ मिनेटले छिटो हो ।

दौड जित्ने रोबट चिनियाँ स्मार्टफोन ब्रान्ड, अनरले विकास गरेको हो । 'जिङजे नम्बर वान' नामक उक्त रोबटमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित नेभिगेसन, मानवजस्तै खुट्टा र कुलिङ प्रणाली प्रयोग गरिएको थियो । यस वर्ष प्रतियोगितामा १०० भन्दा बढी रोबट टोली सहभागी थिए । अघिल्लो वर्ष पनि करिब २० टोलीले हाफ म्याराथ दौडिएका थिए । यसपाली सहभागीमध्ये ४० भन्दा बढी रोबटले कसैबाट निर्देशन नलिइकन स्वतन्त्र रूपमा दौड पूरा गरेका थिए भने बाँकी रोबट रिमोटमार्फत मानवले नै सञ्चालन रहेका थिए ।

सहभागी सबै रोबट स्थिर रूपमा दौडिन सकेका थिएनन् । सन्तुलन गुमाएर कतिपय बीचमै लडे केहीलाई पुनः उठेर दौडिन मानवीय सहयोग आवश्यक परेका भिडियोहरू अहिले सामाजिक सञ्चालमा छरपस्ट छन् । विजेता रोबटले भने सफलतापूर्वक दौड पूरा गरेको थियो ।

दौड मात्र होइन, चीनमा यस्ता रोबटहरू औद्योगिक निरीक्षण, गोदाम सञ्चालन, सार्वजनिक सेवा र मनोरञ्जन क्षेत्रमा समेत परीक्षण भइरहेका छन् । चीनले ह्युमानोइड रोबटलाई आफ्नो महत्वपूर्ण रणनीतिक उद्योगका रूपमा अघि बढाइरहेको छ । सन् २०२५ मा विश्वभर चल्तीमा आएका ह्युमानोइड रोबटमध्ये ८० प्रतिशतभन्दा बढी चीनमै प्रयोग भइरहेका छन् ।

रोयटर्सका अनुसार यो वर्ष मात्रै विश्वभर करिब १६ हजार युनिट ह्युमनोइड रोबट प्रयोगमा आएका थिए । एगीबट, युनिट्री रोबटिक्स, युबीटेक रोबटिक्सजस्ता चिनियाँ कम्पनीहरूले आक्रामक रूपमा उत्पादन विस्तार गरिरहेका छन् । एगीबट एउटै कम्पनीले मात्र गत वर्ष ५ हजार १ सयभन्दा बढी युनिट बजारमा पठाएको र विश्व बजारको करिब एक तिहाइ हिस्सा ओगटेको बताइएको छ । बजार विश्लेषकहरूले एआई र स्वचालित अन्य प्रविधिहरूको बजार बिस्तार हुँदै जाँदा आगामी दशकमा ह्युमानोइड रोबट उद्योग अर्बौं डलरको हुने अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...