— उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ ।
आइतबार साँझ चौदण्डीगढी नगरपालिकाको कार्यालयबाट बेल्टार बजार जाने ओरालो बाटोमा ७३ वर्षीय रामप्रसाद राईले ६४ वर्षीय महासेर राईको हत्या गरेका हुन् । दुवै छिमेकी हुन् ।
सामान्य विवादका क्रममा चौदण्डीगढी नगरपालिका–७ सीतापाइलाका रामप्रसादले महासेरको छातीको दाइने भागमा चक्कु प्रहार गरेपछि स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार लगेकामा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी राजन चापागाईँले बताए ।
चक्कु प्रहार गर्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।