मुख्य समाचार
अमेरिकी सैन्य जहाजमाथि इरानको जवाफी आक्रमण
अमेरिकी सैन्य जहाजमाथि इरानको जवाफी आक्रमण

: पाकिस्तानको इस्लामाबादमा वार्ताको तयारी भइरहेका बेला इरानी झण्डावाहक मालबहाक जहाजलाई अमेरिकाले नियन्त्रणमा लिएपछि इरानले ओमानको खाडीमा रहेका अमेरिकी सैन्य जहाजहरूमाथि ड्रोन आक्रमण गरेको छ।

इरानको अर्ध- सरकारी समाचार एजेन्सी तसनीमका अनुसार यी आक्रमणहरू गरिएका हुन्। यद्यपि, यी ड्रोन आक्रमणहरूबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

इरानको सबैभन्दा ठूलो सैन्य कमाण्ड एकाइ 'खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टर्स' ले यसअघि नै जवाफी कारबाहीको चेतावनी दिएको थियो। उसले अमेरिकी नौसेनाको कदमलाई युद्धविरामको उल्लंघन र 'सशस्त्र लुट' को संज्ञा दिँदै यसको कडा जवाफ दिने बताएको थियो।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसैनिक नाकाबन्दी अन्तर्गत खाडीमा इरानी झण्डा भएको 'टोस्का नामक कार्गो जहाजलाई नियन्त्रणमा लिएको पुष्टि गरे।

'आज, इरानी झण्डा लगाइएको जहाज 'टोस्का' ले नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गर्‍यो तर असफल भयो। यो जहाज ९०० फिट लामो छ र लगभग एउटा एयरक्राफ्ट क्यारियर जत्तिकै भारी छ।' ट्रम्पका अनुसार जहाजलाई रोकिन चेतावनी दिइएको थियो, तर त्यसलाई बेवास्ता गरेपछि अमेरिकी नौसेनाले जहाजको इन्जिन रूममा आक्रमण गरी त्यसलाई बीच समुद्रमै रोकेको हो।

अमेरिकी सेन्ट्रल कमाण्डले पछि एउटा भिडियो पनि जारी गरेको छ, जसमा नौसैनिक जहाजले कार्गो जहाजलाई रोकिरहेको देखिन्छ। यो तनावपूर्ण स्थिति ह्वाइट हाउसले इरानसँगको युद्ध समाप्त गर्ने विषयमा छलफल गर्न अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पाकिस्तानमा अर्को एउटा प्रतिनिधिमण्डलको नेतृत्व गर्ने पुष्टि गरेपछि अाएकाे हाे ।

तर, इरानले अहिलेसम्म यस वार्तामा सहभागी हुनेबारे कुनै आधिकारिक पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, 'जबसम्म अमेरिकाको यो नाकाबन्दी जारी रहन्छ, इरानी अधिकारीहरू कुनै पनि वार्तामा सहभागी हुने छैनन्।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...