मुख्य समाचार
बागमती प्रदेश सरकारले आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरूको पुनर्निर्माण
बागमती प्रदेश सरकारले आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरूको पुनर्निर्माण

: बागमती प्रदेश सरकारले आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरूको पुनर्निर्माण गरेको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको हेटौंडा उपमहानगरपालिका-१, चौकिटोलस्थित पाँचतले भवनको सोमबार बीच मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले संयुक्त रूपमा उद्घाटन गरे।

पुनर्निर्माणपश्चात् अब यसै भवनबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयसहित ४ वटा मन्त्रालयका कामकाजहरू एकीकृत रूपमा सञ्चालन हुने भएका छन्।

१ करोड ८४ लाख रुपैयाँको अनुमानित लागत रहेकोमा प्रतिस्पर्धात्मक टेन्डरमार्फत १ करोड २८ लाख रुपैयाँमै काम सम्पन्न हो। २०८२ मंसिर ११ गते ठेक्का लागेको यो भवनको काम फागुन १५ गते नै सम्पन्न भएको थियो। ५ वटा भवनको मर्मत योजनाअन्तर्गत ४ वटाको काम सम्पन्न भइसकेको छ भने प्रदेश सभा सचिवालयको मर्मत कार्य अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ।



मर्मतपछि प्रयोग गर्न मिल्ने भवन पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ६ करोड २४ लाख रुपैयाँ बजेट सुनिश्चित भएकोमा ३ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पूर्ण रूपमा क्षति भएको प्रदेशसभाको नयाँ भवन र सहरी विकास तथा भवन कार्यालयको पुराना भवन कसरी निर्माण गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको प्रारम्भिक विवरणअनुसार काठमाडौं, चितवन, ललितपुर, भक्तपुर र मकवानपुरका गरी प्रदेश सरकारका २७ वटा कार्यालय र ६१ वटा भवनमा क्षति पुगेको थियो।

जसअन्तर्गत काठमाडौंमा २ वटा कार्यालयका ३ वटा भवन, चितवनमा ३ वटा कार्यालयका १० वटा भवन, भक्तपुरमा १ कार्यालयका २ वटा भवन, मकवानपुरमा १८ वटा कार्यालयका ४१ वटा भवन र ललितपुरमा ३ वटा कार्यालयका ५ वटा भवनमा भौतिक क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले विमानस्थलका अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो गरेपछि भाडा संशोधन गर्न पर्यटन मन्त्रालयले सोमबार समिति बनाएको छ । यस सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले शुल्क संशोधनका लागि मन्त्रालयमा प्रतिवेदन पेस गर्ने उद्देश्यले ५ सदस्यीय समिति गठन गरेको छ । ...
— सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल’ लाई निर्धारित समयावधिभित्र दुई राजनीतिक दलले मात्र लिखित सुझाव बुझाएका छन् । अन्य राजनीतक दल सुझावका लागि छलफलमै छन् । कार्यदलले संविधान संशोधनमा समावेश गर्नुपर्ने विषय एक साताभित्र उपलब्ध गराइदिन भन्दै गत ३० चैतमा ९ दललाई पत्र पठाएको थियो । कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार हालसम्म ...
— प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन र अतिक्रमित जग्गा फिर्ता गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन । ११ विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सिंहदरबार बोलाएर उनले छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले ३ वटा विषयमा चासो देखाएका उपकुलपतिहरूले बताएका छन् । ‘पहिलो, विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनसहित प्राध्यापक, कर्मचारीको संगठन हटाउन ...
— बसको ठक्करबाट उदयपुरको बेलका नगरपालिका-३, नयाँटोलमा एक जनाको मृत्यु भएको छ । जन्ती लिन जाँदै गरेको प्रदेश ०१-०२-००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार स्थानीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सोमबार बेलुका बेलका नगरपालिका-९, रामपुरबाट सातपत्रेतर्फ ...
— कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपूर्ण र बद्नीयतपूर्ण रहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबार हेटौंडामा भएको बागमती प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा उनले कार्की आयोगको प्रतिवेदनले भदौ २४ गतेको बारेमा केही नबोलेको उल्लेख गर्दै उक्त प्रतिवेदन बदनीयतपूर्ण र ‘बायस्ड’ रहेको धारणा राखेका हुन् ...