मुख्य समाचार
मूल्य वृद्धिका कारण निर्माण व्यवसायी माथि संकट परेको भन्दै कन्स्ट्रक्सन होलिडे गर्ने चेतावनी
मूल्य वृद्धिका कारण निर्माण व्यवसायी माथि संकट परेको भन्दै कन्स्ट्रक्सन होलिडे गर्ने चेतावनी

: पछिल्लो समयमा अप्रत्याशित रूपमा भएको मूल्य वृद्धिका कारण निर्माण व्यवसायी माथि संकट परेको भन्दै कन्स्ट्रक्सन होलिडे गर्ने चेतावनी दिएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायी संघले कन्स्ट्रक्सन होलिडे गर्ने चेतावनी दिएको हो।

मूल्य वृद्धिका कारण निर्माण व्यवसायी माथि परेको संकटका बारेमा सम्बोधन गर्न संघले माग गरेको छ। पछिल्लो समय निर्माण सामग्री तथा इन्धनको अस्वाभाविक मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको संघले जनाएको छ।

संघका अनुसार पछिल्लो समय डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनको मूल्य निरन्तर बढ्नुका साथै सिमेन्ट, छड लगायतका निर्माण सामग्रीको मूल्य ४० प्रतिशतदेखि १२० प्रतिशतसम्म बढेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले आगामी आर्थिक वर्षदेखि भ्याट बिलमा चिट्ठा योजना सुरु गर्ने भएको छ । सरकारले उपभोक्तालाई वस्तु तथा सेवा खरिद गरेको बिल माग्ने बनाउन चिट्ठा कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेटमा डिजिटल भुक्तानीका माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बिजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत छुट ...
: मुस्ताङको कोरला भन्सार हुँदै नेपाल भित्रिएका ७ सय ८२ विद्युतीय गाडी (ईभी) प्रकरणमा भन्सार अधिकारी र सम्बन्धित व्यवसायी छानबिनमा तानिने भएका छन्। बजेट भाषणमार्फत करको दरको सूचना चुहावट गरी अवैध रूपमा ईभी प्रवेश गराएकोमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको हो। अधिकांश बीवाईडीका गाडी रहेको यस प्रकरणमा अर्थ मन्त्रालय र भन्सार विभाग दुवै निकायले ...
। नेपाली चिया निर्यातमा भारतीय पक्षको निरन्तरको अवरोधले यहाँका साना किसानलाई ठूलो आर्थिक संकटमा धकेलेको छ । २१ दिनको पूर्ण नाकाबन्दी बेहोरेर भारतीय बजार छिरेको नेपाली चिया अहिले पनि गन्तव्यसम्म पुग्न नसकी सिलिगुडी र कोलकाता लगायत व्यावसायिक केन्द्रका गोदामहरूमा थन्किएको छ । भारत पुगेको करिब २ सय टन (२ लाख किलो) नेपाली चिया अहिले बिक्रीको पर्खाइमा गोदाममै ...
। जिल्लामा खेती गरिएको चैते धान ‘गबारो’ र ‘नेक ब्लास्ट’ नामक रोगको प्रकोपले नष्ट गरेको छ । भित्र्याउने बेला भएको अधिकांश धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । ‘बाला झुलेर लगभग भित्र्याउने बेला भएको थियो,’ कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले भने, ‘एक्कासी रोग लागेर सखाप बनायो ।’ पाँच दिनको अन्तरालमा करिव ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले धारासायी बन्दै गएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादनको प्रचार गरेपछि बजारमा माग बढेको छ । माग बढेसँगै डीडीसीले अत्याधिक खपत हुने केही उत्पादनको मूल्य सुटुक्क बढाएको छ । डीडीसीले दूध, दही, घिउ र पनिरको मूल्य वृद्धि गरेका हो । विक्रेताहरूका अनुसार डीडीसीका उत्पादनको भाउ २ रुपैयाँदेखि १०० रुपैयाँसम्म बढाइएको ...