मुख्य समाचार
राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने स्पष्ट
राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने स्पष्ट

: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पार्टीभित्र रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने स्पष्ट पारे । उनले आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने,चुनावमा पार्टीका उमेदवारलाई नसघाउने र राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्ने पार्टीभित्रका नेताहरूको कुनै कुरा नसुनिने समेत बताए ।

महाधिवेशन सारेर कार्यकाल लम्बाउने पक्षमा आफू नरहेको भन्दै अध्यक्ष लिङ्देनले वैधानिक र व्यवस्थित तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको धारणा राख्नु भयो । पार्टीभित्रको अबको समस्याको समाधान महाधिवेशन मात्रै भएको उनको भनाइ छ ।

त्यस्तै अध्यक्ष लिङ्देनले अहिले संसदमा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको गलत कार्यको सडक र सदनबाट प्रतिवाद गर्ने धारणा राखे । उनले चुनावमा भोट लिनका लागि गरेको प्रचारजस्तो नभइ व्यहारमा नजिता आउने गरि रास्वपा नेतृत्वको सरकारले काम गर्न सक्नुपर्ने उल्लेख गरे।



उनले गृहमन्त्रीकाबारेमा बाहिर आएका चर्चाका विषयमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए। रास्वपा सभापति र गृहमन्त्री स्वयंले पनि यस विषयमा आफ्नो पोजिसन स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले यसअघि देखिएका बेतिथिहरूलाई सच्चाउने कामको सुरु वर्तमान सरकारले गरेको भन्दै सकारात्मक कामको स्वागत गर्ने बताए । उनले देशको अभिभावकीय संस्थाका रुपमा राजा र हिन्दुराष्ट्रलगायत आफूहरूको एजेण्डालाई आगामी दिनमा सशक्त ढंगले अघि बढाउने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले विमानस्थलका अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो गरेपछि भाडा संशोधन गर्न पर्यटन मन्त्रालयले सोमबार समिति बनाएको छ । यस सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले शुल्क संशोधनका लागि मन्त्रालयमा प्रतिवेदन पेस गर्ने उद्देश्यले ५ सदस्यीय समिति गठन गरेको छ । ...
— सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल’ लाई निर्धारित समयावधिभित्र दुई राजनीतिक दलले मात्र लिखित सुझाव बुझाएका छन् । अन्य राजनीतक दल सुझावका लागि छलफलमै छन् । कार्यदलले संविधान संशोधनमा समावेश गर्नुपर्ने विषय एक साताभित्र उपलब्ध गराइदिन भन्दै गत ३० चैतमा ९ दललाई पत्र पठाएको थियो । कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार हालसम्म ...
— प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन र अतिक्रमित जग्गा फिर्ता गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन । ११ विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सिंहदरबार बोलाएर उनले छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले ३ वटा विषयमा चासो देखाएका उपकुलपतिहरूले बताएका छन् । ‘पहिलो, विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनसहित प्राध्यापक, कर्मचारीको संगठन हटाउन ...
— बसको ठक्करबाट उदयपुरको बेलका नगरपालिका-३, नयाँटोलमा एक जनाको मृत्यु भएको छ । जन्ती लिन जाँदै गरेको प्रदेश ०१-०२-००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार स्थानीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सोमबार बेलुका बेलका नगरपालिका-९, रामपुरबाट सातपत्रेतर्फ ...
— कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपूर्ण र बद्नीयतपूर्ण रहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबार हेटौंडामा भएको बागमती प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा उनले कार्की आयोगको प्रतिवेदनले भदौ २४ गतेको बारेमा केही नबोलेको उल्लेख गर्दै उक्त प्रतिवेदन बदनीयतपूर्ण र ‘बायस्ड’ रहेको धारणा राखेका हुन् ...