मुख्य समाचार
नेपाल आयल निगमको क्षेत्रीय कार्यालयसम्म जाने सडक विस्तारको काम सुरु नहुँदै रोकिएको छ
नेपाल आयल निगमको क्षेत्रीय कार्यालयसम्म जाने सडक विस्तारको काम सुरु नहुँदै रोकिएको छ

: वीरगन्ज महानगरपालिका-१२ मुर्ली चोकदेखि उत्तर तिर नेपाल आयल निगमको क्षेत्रीय कार्यालयसम्म जाने सडक विस्तारको काम सुरु नहुँदै रोकिएको छ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले मुर्लीचोकदेखि बाइपासको नेपाल आयल निगमसम्मको भित्रि सडक सोमबार अपरान्हदेखि विस्तार गर्ने तयारी गरेको थियो। तर त्यस क्षेत्रभित्र पर्ने तीन जना घरधनीले सोमबार उच्च अदालत अस्थायी इजलासमा सडक विस्तार कार्य नगर्न माग गर्दै रिट निवेदन दिएका थिए।

उक्त रिट निवेदन उपर सुनुवाइ गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलासले सडक विस्तार कार्य तत्काल सुरु नगर्न भन्दै स्टे अर्डर जारी गरेपछि सडक विस्तारको काम हालका लागि स्थगित गरिएको हो।



अदालतबाट हालका लागि सडक विस्तार कार्य सुरु नगर्न भन्दै स्टे अर्डर आएका कारण मुर्ली चोकदेखि बाइपासको नेपाल आयल निगमसम्मको भित्री सडक चौडा गर्ने काम हालका लागि स्थगित गर्नु परेको मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुर्यालले जानकारी दिए।

यसअघि आइतबार वीरगन्ज महानगरपालिकाले एक सूचना जारी गर्दै मुर्ली चोकदेखि आयल निगमको कार्यालयसम्म जाने सडक १० मिटर चौडा गर्नुपर्ने भएकाले सडकको मध्यभागबाट दायाँ र बायाँ ५/५ मिटर क्षेत्रमा पर्ने सबै संरचना २४ घण्टाभित्र (सोमबार अपरान्ह ३ बजेसम्म) हटाउन सम्बन्धित घरधनीहरूलाई अल्टिमेटम दिएको थियो।

महानगरपालिकाका अनुसार मुर्ली चोकदेखि आयल निगमसम्म सडक बिस्तार गर्ने सम्बन्धमा सडकको मध्य भागदेखि दायाँ बायाँ ५/५ मिटर गरि जम्मा १० मिटर सडक चौडा (विस्तार) गर्ने क्रममा आयल निगमको कार्यालयदेखि सबाह अन्सारीको घरसम्म पुरा भइसकेको छ।

अब बाँकी रहेको सडक पनि विस्तार गर्नका लागि २०८१ माघ १३ गते नै सार्वजनिक सूचना जारी भएकोमा विविध कारणले अवरुद्ध हुँदै आएको थियो। बाँकी रहेको सबाह अन्सारीको घरदेखि मुर्ली चोकसम्मको सडकको केन्द्रबाट ५/५ मिटर दायाँ बायाँ गरी जम्मा १० मिटर सडक क्षेत्रभित्र निर्माण भएका संरचनाहरु २४ घण्टाभित्र अर्थात सोमबार दिउँसो ३ बजेसम्म खाली गर्न महानगरपालिकाले सूचना मार्फत अनुरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले विमानस्थलका अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो गरेपछि भाडा संशोधन गर्न पर्यटन मन्त्रालयले सोमबार समिति बनाएको छ । यस सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले शुल्क संशोधनका लागि मन्त्रालयमा प्रतिवेदन पेस गर्ने उद्देश्यले ५ सदस्यीय समिति गठन गरेको छ । ...
— सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल’ लाई निर्धारित समयावधिभित्र दुई राजनीतिक दलले मात्र लिखित सुझाव बुझाएका छन् । अन्य राजनीतक दल सुझावका लागि छलफलमै छन् । कार्यदलले संविधान संशोधनमा समावेश गर्नुपर्ने विषय एक साताभित्र उपलब्ध गराइदिन भन्दै गत ३० चैतमा ९ दललाई पत्र पठाएको थियो । कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार हालसम्म ...
— प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन र अतिक्रमित जग्गा फिर्ता गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन । ११ विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सिंहदरबार बोलाएर उनले छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले ३ वटा विषयमा चासो देखाएका उपकुलपतिहरूले बताएका छन् । ‘पहिलो, विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनसहित प्राध्यापक, कर्मचारीको संगठन हटाउन ...
— बसको ठक्करबाट उदयपुरको बेलका नगरपालिका-३, नयाँटोलमा एक जनाको मृत्यु भएको छ । जन्ती लिन जाँदै गरेको प्रदेश ०१-०२-००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार स्थानीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सोमबार बेलुका बेलका नगरपालिका-९, रामपुरबाट सातपत्रेतर्फ ...
— कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपूर्ण र बद्नीयतपूर्ण रहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबार हेटौंडामा भएको बागमती प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा उनले कार्की आयोगको प्रतिवेदनले भदौ २४ गतेको बारेमा केही नबोलेको उल्लेख गर्दै उक्त प्रतिवेदन बदनीयतपूर्ण र ‘बायस्ड’ रहेको धारणा राखेका हुन् ...