मुख्य समाचार
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन

: नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ।

योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकमा सिफारिस समिति गठन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए।

सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहनेछन्।



बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गत शुक्रबार राजीनामा दिएका थिए। उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका थिए।

अध्यक्ष पद रिक्त भएपछि सरकारले सिफारिस समिति गठन गरेर नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको करहरु घटाउन माग गरेका छन् । सरकारले लगाउँदै आएको अनावश्यक कर हटाए उपभोक्ताले सहज र कममुल्यमै पेट्रोलिएम पदार्थ पाउन सक्ने उनले बताए । काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरागर्दै आजपा अध्यक्ष साहले भने, ‘अन्तर्राष्ट्रिय बजार बमोजिम आइओसीबाट प्राप्त औषत ...
: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य मनोनयन भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा नवराज सिंखडा र रोशन बहादुर शाक्य मनोनयन भएका छन्।
। सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए । वैशाख ५ गते पक्राउ परेका उनीहरुको साथबाट १७ हजार १३६ अमेरिकी डलर, साउदी रियाल, बंगलादेशी ...
। गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् । सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुन: अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् । ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका ...
: सरकारले संशोधन गर्न बनेको तीनवटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश ...