मुख्य समाचार
प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय
प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय

। प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ ।

औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् । जोन टर्नस विगत २५ वर्षदेखि एप्पलसँग आबद्ध छन् । उनी हाल एप्पलको हार्डवेयर इन्जिनियरिङ प्रमुख छन् ।

एप्पलमा यो परिवर्तनलाई निकै महत्वपूर्ण मानिएको छ । पछिल्ला केही वर्षदेखि टिम कुकले सीईओ पद छोड्न सक्ने चर्चा चलिरहेको थियो । कुकले सन् २०११ देखि कम्पनीको नेतृत्व गर्दै आएका थिए, जतिबेला स्टीव जब्सले स्वास्थ्य समस्याका कारण पद त्यागेका थिए ।

स्टीव जब्सको स्थानमा नेतृत्व सम्हाल्दा कुकका सामु धेरै चुनौती थिए । उनले एप्पललाई नयाँ उचाइमा पुर्‍याउँदै कम्पनीलाई सफलताको नयाँ अध्यायमा प्रवेश गराएको बताइन्छ ।

एप्पलसँग टिम कुकको यात्रा

टिम कुक सन् १९९८ मा एप्पलमा प्रवेश गरेका थिए । त्यतिबेला कम्पनी विभिन्न कठिनाइबाट गुज्रिरहेको थियो । एप्पलका संस्थापक स्टीब जब्सले कुकलाई एप्पलको सञ्चालन टोलीलाई नयाँ दिशामा लैजान नियुक्त गरेका थिए । २४ अगस्ट २०११ मा स्टीब जब्सले पद छोडेपछि टिम कुकले नेतृत्व सम्हालेका थिए ।

सन् २००५ देखि २०११ सम्म उनले कम्पनीको प्रमुख सञ्चालन अधिकृत (चीफ अपरेटिङ अफिसर) का रूपमा काम गरे । यस अवधिमा उनले आइपोड, म्याकबुक, आइफोन र आइप्याडजस्ता उत्पादनहरूको आपूर्ति प्रणालीलाई विश्वस्तरमा सुदृढ बनाए । व्यापक रूपमा उत्पादनहरू सार्वजनिक गर्न सक्नुमा कुकको भूमिका महत्वपूर्ण मानिन्छ ।

उनका कार्यकालमा एप्पल वाच, एयरपड्स, एम १, एम २, एम३ सिलिकन चिप तथा एप्पल भिजन प्रो जस्ता उत्पादनहरू सार्वजनिक गरिएको थियो ।

यससँगै एप्पल ३ ट्रिलियन डलर मूल्यांकन पार गर्ने पहिलो कम्पनी बन्न सफल भयो । कुकको नेतृत्वमा आइक्लाउड, एप्पल म्युजिक, एप्पल टिभी प्लस र एप स्टोरजस्ता सेवा व्यवसायहरू पनि उल्लेखनीय रूपमा विस्तार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...