मुख्य समाचार
६ जना सिंगापुरका नागरिक पक्राउ, धर्म प्रचारमा थिए संलग्न
६ जना सिंगापुरका नागरिक पक्राउ, धर्म प्रचारमा थिए संलग्न

: मोरङको विराटनगर महानगरपालिका-१२ स्थित एक होटलबाट ६ जना सिंगापुरका नागरिक पक्राउ परेका छन्। शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि पक्राउ गरेको हो।

धार्मिक प्रचारमा संलग्न रहेको भेटिएपछि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ। पर्यटक भिसामा नेपाल आएका उनीहरूले विराटनगर क्षेत्रमा 'ताओइज्म' नामक धर्मको प्रचार गरेको भेटिएको छ। पर्यटक भिसाको दुरुपयोग गरी उनीहरू धर्म प्रचारमा संलग्न भएको अनुसन्धान संलग्न एक प्रहरी अधिकृतले अन्नपूर्णलाई बताए।

पक्राउ परेका ६ जनालाई नै प्रारम्भिक अनुसन्धानपछि प्रहरीले अध्यागमन विभागमा पठाएको छ। अध्यागमन विभागले नेपालमा उनीहरूको गतिविधिबारे थप अनुसन्धान गरिरहेको छ।



'भिसाको दुरुपयोग गरेको र गैरकानुनीरूपमा धर्मको प्रचार गरेको आरोपमा ६ जना सिंगापुरका नागरिक पक्राउ परेका छन्। उनीहरूलाई हामीले अध्यागमनमा बुझाएका छौं,' मोरङ प्रहरीले स्रोतले भन्यो।

नेपालको संविधान २०७२ को धारा २६ मा 'कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ' भन्ने उल्लेख छ। त्यस्तै मुलुकी अपराध संहितामा २०७४ मा पनि कसैलाई प्रलोभन, दबाब वा जबर्जस्ती गरेर धर्म परिवर्तन गराउन नपाइने व्यवस्था गरिएको छ।

के हो ताओइज्म?
ताओइज्म (ताओवाद) प्राचीन चीनमा विकसित भएको दार्शनिक तथा धार्मिक परम्परा हो। यसले मानव जीवनलाई प्रकृतिसँग सामञ्जस्यमा राखेर अघि बढ्न प्रेरित गर्छ। विश्वका प्रमुख दर्शनमध्ये ताओइज्मले सरलता, सन्तुलन र स्वाभाविक जीवनशैलीलाई प्राथमिकतामा राख्छ। तर, सामाजिक संरचना र प्रणालीमाथि भने यसले ठूलो आघात पुर्‍याउने र सामाजिक सद्‍भाव खलबल्याउने जानकारहरू बताउँछन्।

संसारका सबै वस्तु र घटनाहरू कसरी स्वाभाविक रूपमा सञ्चालन हुन्छन् भन्ने नै यसको आधारभूत सिद्धान्त हो। यसले समाजको तहगत संरचनालाई बिगार्ने सम्भावना रहेको यसका जानकारहरू बताउँछन्। त्यसैले यसले समाजको तहगत संरचनाको विश्वास नगर्ने उनीहरूको दाबी छ।

मानिसले काम गर्दा अनावश्यक दबाब वा नियन्त्रणको प्रयास नगरी स्वाभाविक ढंगले अघि बढ्नुपर्ने यस दर्शनको सिद्धान्त हो। यसले जीवनलाई सहज र सन्तुलित बनाउने विश्वास राख्छ। यस दर्शनले समाजको सन्तुलन बिगार्ने र समाजलाई भड्काउने उद्यत रहेको पनि विश्लेषकहरूको दाबी छ।

ताओइज्म मुख्यतः चीन, ताइवान, हङकङ, जापान, भियतनाम, दक्षिण कोरियाका नागरिकहरूले अंगालेका छन्। यो धर्मलाई पछिल्लो समय अन्य देशहरूमा पनि प्रचार गरिएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेलको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका ...
। अबदेखि सार्वजनिक सवारीसाधनमा ‘जीपीएस’ (कुनै पनि वस्तु वा व्यक्तिको अवस्थिति पत्ता लगाउने) अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीसाधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका २०८२ को मस्यौदा तयार पारेको छ । सोही निर्देशिका मार्फत सरकारले सवारीसाधनमा अनिवार्य जीपीएस नियम ल्याउन लागेको हो । यस्तो उपकरण जडान ...
। संसद्, संसदीय समिति र सांसदहरूको हकमा प्रचलित अन्य कानुनहरूका प्रावधान लागु नहुने आसयसहितको प्रतिनिधिसभा नियमावली २०८३ तयार भएको छ । यो नियमावली नै संघीय कानुनको रूपमा विशेष कानुन सरह लागु हुने भन्ने प्रस्तावित व्यवस्थाले अन्य कानुनहरू सांसदहरूको हकमा आकर्षित हुन्छन् कि हुन्नन् भन्ने प्रश्न उब्जिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ मा उल्लेख्य केही परिमार्जनसहित तयार पारिएको ...
। संसद् चलेको बेला प्रधानमन्त्रीले प्रत्येक महिना संसद्‌मा बोल्नुपर्ने भएको छ । यस्तो व्यवस्था प्रतिनिधिसभा नियमावलीमा राखिएको छ । नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था छ । उपनियम (१) मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको ...
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ। मंगलबार सिंहदरवारमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन्। नयाँ नियमावली मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने जानकारी दिए। नियमावलीमा केही असन्तुष्टि, कमी कमजोरी भए संसदबाट सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। नयाँ नियमावली संसदलाई मार्गदर्शन गर्ने ...