मुख्य समाचार
अमेरिका र इरान दुवै युद्धका लागि पुनः तयार, शान्ति वार्ता अन्योलमा
अमेरिका र इरान दुवै युद्धका लागि पुनः तयार, शान्ति वार्ता अन्योलमा

गत २८ फेब्रुअरीदेखि सुरु भएको युद्धका कारण इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा नौसैनिक नाकाबन्दी लगाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत इरानले बिना सर्त होर्मुज स्ट्रेट नखोलेसम्म नाकाबन्दी नहट्ने स्पष्ट पारेका छन् । ट्रम्पका अनुसार यो नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर नोक्सानी बेहोरिरहेको छ, जुन उसको अर्थतन्त्रका लागि धान्न नसकिने अवस्था हो।

इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले ट्रम्पले धम्की र घेराबन्दी मार्फत इरानलाई आत्मसमर्पण गराउन खोजेको आरोप लगाएका छन् । उनले धम्कीको छायामा इरानले कुनै पनि वार्ता नगर्ने र विगत दुई हप्तादेखि रणमैदानमा नयाँ रणनीतिका साथ तयार रहेको बताएका छन्।

यस्तै, इरानको रिभोलुसनरी गार्ड्सले आफ्नो अनुमति बिना होर्मुज स्ट्रेटबाट छिर्न खोज्ने कुनै पनि जहाजलाई निशाना बनाउने चेतावनी दिएको छ।

यो तनावको प्रत्यक्ष असर विश्वव्यापी तेल र ग्यास बजारमा देखिएको छ। विश्वको झन्डै २० प्रतिशत तेल र मल आपूर्ति हुने यो जलमार्ग अवरुद्ध हुँदा फेब्रुअरीको तुलनामा इन्धनको मूल्य ४० प्रतिशतले वृद्धि भएको छ।

मंगलबार ब्रेन्ट क्रुड प्रति ब्यारेल ९५ डलरमा कारोबार भएको छ, जुन युद्धविराम अघिको १२० डलरको तुलनामा केही कम भए पनि सामान्य अवस्थाको भन्दा निकै उच्च हो । कूटनीतिक प्रयासहरू असफल हुँदै जाँदा मध्यपूर्वमा थप ठूलो सैन्य मुठभेड हुने जोखिम बढेर गएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...