मुख्य समाचार
अदालतबाट दोषी ठहर भई सवारी ज्यानसम्बन्धी कसुरमा फरार रहेका एक जना अभियुक्त पक्राउ
अदालतबाट दोषी ठहर भई सवारी ज्यानसम्बन्धी कसुरमा फरार रहेका एक जना अभियुक्त पक्राउ

: अदालतबाट दोषी ठहर भई सवारी ज्यानसम्बन्धी कसुरमा फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन् । उनलाई कैद सजायका लागि कारागार चलान गरिएको छ । सवारी ज्यानसम्बन्धी कसुरमा फरार रहेका प्रतिवादी नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का ३६ वर्षीय कुमार अछामीलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार सवारी ज्यानसम्बन्धी कसुरमा अछामीले दुई वर्ष ६ महिना २६ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको छ ।

पक्राउपछि युवकलाई नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा उनको कैद सजाय भुक्तानका लागि केन्द्रीय कारागार नुवाकोट चलान गरिएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार अछामी उक्त मुद्दामा दोषी ठहर भएपछि लामो समयदेखि फरार रहेका थिए ।
फरार प्रतिवादी पक्राउसँगै मुद्दाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । नुवाकोटमा फरार अभियुक्त पक्राउ अभियान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबीच, लागूऔषध ( खैरो हिरोइन) जस्तो देखिने पदार्थसहित नुवाकोटमा ५ जना युवक पक्राउ परेका छन् । नुवाकोटको लिखु गाउँपालिका ६ छहरे बजारमा स्थानीय होटेल रेष्टुरेन्टको कोठामा बसी रहेको अवस्थामा पक्राउ परेकाहरुको साथवाट लागूऔषध ( खैरो हिरोइन ) जस्तो देखिने पदार्थ बरामद भई पक्राउ परेका हुँदा अनुसन्धानका लागि लागूऔषधसम्बन्धी कसुरमा नुवाकोट जिल्ला अदालतबाट ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पक्राउ परेकाहरुमा रसुवाको उत्तरगया गाउँपालिका–४ का २४ वर्षीय सुवास वाइवा, सोही स्थानका २२ वर्षीय चित्रबहादुर तामाङ, रसुवाकै कालिका गापा–३ का २४ वर्षीय सुमन घर्तिमगर, नुवाकोटको किस्पाङ गापा–१ का २७ वर्षीय तुलसिङ तामाङ र बिदुर नपा .१० का सुमन तामाङ रहेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ३ दमशलव ६८ ग्राम र डिजिटल तराजु एक थानसमेत वरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले केपी ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा पार्टीभित्रका सबै समस्या समाधान नहुने बताएका छन्। प्रेस चौतारी नवलपुर शाखाले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, ‘एउटा मान्छे बसिरहेको कुर्सीमा अर्को मान्छे ल्याएर राख्दैमा मात्र समस्या समाधान हुँदैन । पार्टीभित्र गम्भीर समीक्षा आवश्यक छ ।’ उनले एमालेको नेतृत्व ...
: नवलपरासीको सुनवलमा मेयर विमला अर्याल र शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेबीचको विवादले नगर क्षेत्रका शिक्षकहरु अन्यौलमा परेका छन् । शिक्षक काज सरुवाको विषयमा दुई जनाले छुट्टाछुट्टै पत्र जारी गर्दै एक अर्काको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएपछि शिक्षकहरु कसको आदेश मान्ने भनेर अन्यौलमा परेका हुन् । शिक्षा शाखा प्रमुख गोतामेले ‘काज फिर्ता सम्बन्ध’ को ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरूलाई पार लगाउन पार्टीभित्र एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् । अस्वस्थताका कारण घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका हुन् । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले सिङ्गो देशको राजनीति अहिले अन्योलतामा अगाडि बढिरहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कम्युनिष्ट पार्टीको ७७ औ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले कम्युनिष्ट पार्टीहरुले आ–आफ्नो पार्टीको समीक्षा गर्न आवश्यक रहेको बताए । उनले आफूहरुले हेर्दाहेर्दै कम्युनिष्ट आन्दोलन ओरालो लागेको समेत ...
: नेकपा एमालेको पार्टी स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओली नआउने भएका छन्। नेकपा स्थापना भएको ७७ औँ वर्षगाँठको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सम्बोध गर्ने कार्यक्रम थियो। तर,अस्वस्थका कारण कार्यक्रममा आउन नसकेको ओली सचिवालयले जनाएको छ। अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरी चैत २६ गते रिहा गरेको थियो। उनी पित्तथैलीको पत्थरीयाको ...